बर्दिया । मधुवन नगरपालिकाले वन्यजन्तु क्षति राहत बितरण गरेको छ । खाता जैविक मार्ग क्षेत्रमा पर्ने मधुवन नगरपालिकाका वडा नं.-१, २ र ३ ले आर्थिक बर्ष २०७७/०७८ को विपत ब्यवस्थापन कोषबाट वन्यजन्तुहरुबाट भएको घर गोठ, अन्नबालि र पशु चौपाया क्षति वापत ४५ जनालाई राहत दिएको छ ।
नगरपालिकाले वन्यजन्तुद्वारा घर गोठ भत्किएमा, अन्नबाली नष्ट भएमा, पशुचौपाया जंगली जनावरले आक्रमण गरि मारेमा राहत दिन सुरु गरेको छ ।
यि वडाहरुका गाउँ बस्तीमा वन्यजन्तु पसेर घरगोठ, अन्नबालि र पशुचौपायाहरुलाई बर्षेनि क्षति गर्ने गरेकाछन । नेपाल सरकारले दिने क्षति राहत लिन झन्झटिलो प्रक्रिया पार गर्नुपर्ने र धेरै ढिलो आउने भएकाले सर्बसाधारणहरुले खासै चासो दिएको देखिदैन तर मधुवन नगरपालिकाले तत्कालै राहत दिने भएकाले यहाँका वासिन्दाहरु खुशि भएका छ्न ।


मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर के.सी.(कृष्ण)
मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर के.सी.(कृष्ण) भन्नुहुन्छ, "क्षति राहतलाई निरन्तरता दिने छौँ, नगरवासिलाई जस्तोसुकै समस्या परे पनि म सँधै उहाँहरुको सुख-दुखमा साथ हुनेछु ।" नगरप्रमुख केसीले नगरवासिलाई कुनैपनी समस्या भए सम्पर्क गर्न अनुरोध गर्नुभएकोछ । उहाँले नगरवासिका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

मधुवन नगरपालिका वडा नं.-३ का वडा अध्यक्ष नारायण मल्ल
त्यस्तै मधुवन नगरपालिका वडा नं.-३ का वडा अध्यक्ष नारायण मल्ल भन्नुहुन्छ, "वन्यजन्तु राहतको रकम सम्बन्धित व्यक्तिको हातमा नगद दिने गरेका छौँ । वडावासीहरुको समस्या र दुखमा म सँधै साथमा छु ।" अध्यक्ष मल्लले कुनैपनी समस्या परे वडाकार्यालयमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

खाता सामुदायिक वन समन्वय समिति मधुवन नगरपालिका वडा नं. -३का अध्यक्ष बलिराम चौधरी
खाता सामुदायिक वन समन्वय समिति मधुवन नगरपालिका वडा नं. -३का अध्यक्ष बलिराम चौधरीले नेपाल सरकार र मधुवन नगरपालिकाले वन्यजन्तुबाट मारिएका पशुचौपायाको राहत मात्र दिने गरेकोले अब वन्यजन्तुले घाइते गराएका पशुचौपायाको राहत समेत व्यवस्था गर्न माग गर्नुभयो ।
त्यस्तै वन्यजन्तुबाट पीडित पन्चा बम भन्नुहुन्छ, "१२/१२ हजार रुपैयाँँ लगाएर खेती गरिन्छ वन्यजन्तु आई कुल्चि खाई नष्ट गरिदिन्छ पहिले राहत के हो? भन्ने थाहा थिएन र पाउन मुस्किल थियो । यस पटक लगानी गएपनी केहि रकम राहत पाइयो खुशी छु ।" उहाँले मधुवन नगर सरकार र वडा सरकारलाई धन्यवाद दिँदै राहत सहज रुपले अपलब्ध गराइदिएकोमा खुशी व्यक्त गर्नु भयो ।