दाङ (लमही) । नगरपालिका वडा नम्बर ३ सुकुम्बासी बस्तिमा खरको छाना र बासको घाराले बारेको सानो घर छ । घरमा बाहिरबाट माटोले लिपेको छ । पानी पर्दा चुहिने पनि गर्दछ - घरमा ६ जनाको परिवार बस्छन ।
दुखको कुरो त सुस्त मनस्थिति भएका २ जना वृद्ध एउटा बच्चा र एक महिला बस्ने गर्दछन । उक्त घरको घरमुली हुनुहुन्छ ७५ वर्षिय रुक मान चौधरी ।
सोही घर निर्माणका लागि सहयोग भन्दै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष रत्न प्रसाद श्रेष्ठलले ४६ हजार मूल्य बराबरको हुलास रंगिन जस्ता पाता सहयोग गर्नुभएको छ ।
"उहाँहरुको दु:ख सुन्दा मलाइ नि पीडा भयो, कसरी बस्नु भएको होला, त्यसैले मैले सहयोग गरेको हुँ", मनकारी श्रेष्ठ भन्नुहुन्छ ।
उता रुकमान भने अब टिनको छानोमा बस्न पाइन्छ भन्ने खबर पाएपछि दङ्ग हुनुहुन्छ । ७५ बर्षिय वृद्ध चौधरी भन्नुहुन्छ, "उहाको नाम कता कता सुने जस्तो त लाग्यो तर गरिब दिन दुखीका लागि उहाँ त साच्चिकै भगवान हुनुहुदो रहेछ"
महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष तथा राप्ती अञ्चल संयुक्त ट्रक व्यावसायि समितिका अध्यक्ष समेत रहनुभएका श्रेष्ठले सेवाका भावले गत बर्ष लकडाउनको समयमा पैदल यात्राबाट घर फर्कनेहरुलाइ गन्तव्य सम्म पुर्याउन, खान-खाजा सहितको व्यवस्था, लमही नगरपालिकाका विभिन्न स्थानमा मास्क सेनिटाइजर सहयोग गर्नुभएको थियो भने गरीब असाहयहरुका लागि व्यक्तिगत रुपमा राहतका कार्यक्रम समेत संचालन गर्नुभएको थियो ।
त्यस्तै अर्को मनकारी काम ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको छ ।
वडा नम्बर ३ मा निर्माणाधीन थारुको घर निर्माणको जिम्मा ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ ।