दाङ (लमही) । आज गुरू पूर्णिमा,( ब्यास जयन्ती ) अर्थात ज्ञानको ज्योतिलाई अन्धकारबाट उज्यालोतर्फ बाटो देखाउने गुरूलाई सम्मान गर्ने दिन । गुरुले दिने ज्ञान र त्यस्को मानव जीवनसँगको सम्बन्ध एकदमै गहिरो रहिआएको छ ।
यसै अबसरमा प्रज्वल स्मृति अध्ययन केन्द्र देउखुरीले लमही नगरपालिका वडा नम्बर ३ को पृथु टेक्निकल कलेज बनगाउमा एक दिने गायत्री यज्ञ हवन कार्यक्रम सम्पन्न गरेको छ ।
लोक कल्याण , बातावरणको सुद्दता , आत्मिक शुद्धताका लागि भन्दै गायत्री यज्ञ हवन कार्यक्रमको आयोजना गरिएको प्रज्वल स्मृति अध्ययन केन्द्रका संरक्षक प्रदिप राज शर्माले जानकारी दिनुभयो ।
"आज गुरु पुर्णिामाको विशेष दिन अँध्यारोबाट उज्यालो तर्फ लाने सम्पुर्ण प्रेरणादाइ गुरुहरु प्रती हार्दिक नमन छ - पहिलो गुरु आमा , दोस्रो गुरु बा, तेस्रो गुरु धर्ती हो, शिक्षा दीक्षा दिने र जीवन सफलताका लागि प्रेरणा दिने सम्पुर्ण हाम्रा गुरुहरु हुनुहुन्छ" - संरक्षक शर्माले भन्नुभयो ।
हामी जुनसुकै धर्म या सम्प्रदायको भएपनि ज्ञान र सीप ग्रहणगर्नका लागि गुरु र गुरुतत्वको ठूलो महत्व छ । संसारमा शायद ज्ञान मात्र यस्तो कुरा हो ज्ञान लाई जति बाँढ्यो उत्ति बढ्दै जान्छ यो सत्य कुरो हो ।
हाम्रो संस्कार र संस्कृतिमा पनि गुरुको स्थान उच्च मानिन्छ । गुरुलाई हामी माता पिता भन्दा पनि पहिलो देवताको स्थानमा राखेर पुज्ने गर्दछौ ।
हरेक मान्छेमा फरक फरक महान गुण रहेको संत निरंकारी मिसनका देउखुरी संयोजक तथा अन्तरास्ट्रिय कराते गुरु तथा प्राध्यापक गोबिन्द वलिको भनाइ छ ।
"हरेक ब्यक्तिले आफुसंग रहेको गुण पहिचान नहुने र ज्ञानको ज्वती खोलिदिने र पहिचान गराउने माध्यम नै गुरु हो, बिज्ञता अनुसार जो पनि बन्न सक्छ- जीवन सफलताको लागि उहानै गुरु हुनुहुन्छ - वलिले भन्नुभयो ।
गुरुले आफ्ना शिष्यहरुसंग आत्मा र परमात्माको बीचमा सेतु भएर काम गर्छन् । जसरी सुर्यको प्रकाश परावर्तन गरेर चन्द्रमाले कालो रातलाई उज्यालो बनाउँछ राम्रा गुरुको ज्ञान लिएका शिष्यहरुले संसारलाई नै उज्यालो पार्ने काम गर्दछन् ।
गुरु व्यासको सम्झनामा गुरु पुर्णिमा मनाइने परम्परा शुरु भएको मानिंदै आएको विश्वास गरिन्छ । गुरु व्यासले चार वेद, अथर पुरण, महाभारत र श्रिमद भागवत गीता पनि लेख्नुभएको हो ।
उहाँ गुरुहरुका गुरु दत्तात्रयका पनि गुरुका रुपमा मानिनुहुन्छ । "गु" को अर्थ अन्धकार हो र "रु" को अर्थ अन्धकारलाई चिर्ने उज्यालो हो ।