बर्दिया । नेपाली कांग्रेसका महासमिति सदस्य जन्मजय तिमिल्सिनाले बर्दिया जिल्लाका विभिन्न पालिकामा रहेका विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गर्नुभएको छ ।
उहाँले गेरुवा गाउँपालिकालाई ३ लाख ९३ हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ भने १२ वटा विद्यालयहरुका विद्यार्थीहरुलाई २ हजार २०१ थान झोला वितरण गर्नुभएको छ ।
तस्बिर- नेपाली कांग्रेसका महासमिति सदस्य जन्मजय तिमिल्सिना
चाइना फाउन्डेसन फर पोवर्टि एलिभिसन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोग, राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज अनामनगगर काठमाडौको सहयोग र नेपाली कांग्रेस संगठन बिभाग केन्द्रिय सदस्य समेत रहनुभएका तिमिल्सिनाको पहल र समन्वयमा बर्दियाका १२ विद्यालय र एक गाउँपालिकामा स्वास्थ्य तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
कोभिड-१९ को विषम परिस्थितीमा शैक्षिक सामाग्रीको अभावले बालबालिकाहरु विद्यालय जानबाट बन्चित हुन नपरोस् साथै कोभिडका कारण कुनै पनि सर्वसाधारणले ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यले स्वास्थ्य तथा शैक्षिक सामाग्री वितरण गरेको महासमिति सदस्य तिमिल्सिनाले बताउनु भयो ।
तिमिल्सिनाले भन्नुभयो, "गत बर्ष बर्दियाकै ८ वटा विद्यालयहरुमा स्वास्थ्य तथा शैक्षिक सामाग्री वितरण गरेका हौँ र हामी यो कार्यक्रमलाई अँझै बृहत बनाउँदै लग्ने अभियानमा छौँ ।"
शनिबार मधुवन नगरपालिकामा र आईतवार गेरुवा गाउँपालिका तथा राजापुर नगरपालिकामा कार्यक्रम गरी स्वास्थ्य तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
शनिबार मधुवन नगरपालिकाका ४ वटा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ भने आईतवार गेरुवा गाउँपालिकाका ४ र राजापुर नगरपालिकाका ४ विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
तस्बिर- नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य डा. गोपाल दहित
शनिबार भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा प्रमुख अतिथीमा नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य डा. गोपाल दहित, विशेष अतिथी नेपाली कांग्रेसका महासमिति सदस्य तथा संगठन बिभाग केन्द्रिय सदस्य जन्मजय तिमिल्सिना हुनुहुन्थ्यो भने अतिथिहरुमा मधुवन नगरपालिका वडा नं।-३ का वडा अध्यक्ष नारायण मल्ल, महासमिति सदस्य प्रेम बहादुर गुरुङ्ग, तरुण दलका केन्द्रिय सदस्य सरस्वती शाह हुनुहुन्थ्यो ।
तस्बिर- मधुवन नगरपालिका वडा नं-३ अध्यक्ष नारायण मल्ल
त्यस्तै आइतबार भएको कार्यक्रममा प्रमुख अतिथि बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथी सुनारले भन्नुभयो, "एक बर्ष लगानी गर्नु छ भने धान रोप्नुस, दश बर्ष लगानी गर्नु छ भने रुख रोप्नुस र आजिवन लगानी गर्नु छ भने बालबालिकामा लगानी गर्नुस ।"
तस्बिर- प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तथा संगठन बिभाग केन्द्रिय सदस्य जन्मजय तिमिल्सिनाले समाज रुपान्तरण गर्न यो कार्य गरेको यस्ता किसिममा कार्यक्रम आगामी दिनमा निरन्तर गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा गेरुवा गाउँपालिकालाई स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरिएको छ ।
तस्बिर- अभिभावक कमला थारु
शैक्षिक सामाग्री वितरण कार्यक्रममा उपस्थित अभिभावक कमला थारु भन्नुहुन्छ, "एउटा सानो सहयोग हाम्रो लागी धेरै ठुलो कुरा हो शैक्षिक सामाग्री नभएर हाम्रा छोराछोरी विद्यालय जान मानि रहेका थिएनन अब उनिहरुले भनेका सामाग्री पाएका छ्न । सहयोग गर्ने नेता जन्मजय तिमिल्सिनालाई हृदय देखी नै धन्यवाद छ ।"
अभिभावक नेपालु थारु
अर्को अभिभावक नेपालु थारु भन्नुहुन्छ, "छोराछोरीले भनेका सामाग्री हामी किन्न सक्दनौ । हामी ज्यालादारी गरि घर खर्च गर्ने कि छोराछोरीका लागी शैक्षिक सामाग्री किन्ने ? यस्तो बेला हामीलाई सहयोग गर्ने हातहरुलाई धेरै धेरै धन्यवाद । आज शैक्षिक सामाग्री पाएपछि छोराछोरी खुशि छ्न म पनि खुशी छु ।"