लहान । ओरेक परियोजना कार्यालय सिरहाले लहान नगरपालिकाको ११,१२,१३ र २४ लगायत चार वटै वडाका एक सय जनालाई हजार दिनका आमाहरुलाई( गर्भवती, सुत्केरी), एकल महिला, शारिरिक अशक्त भएका व्यक्ति र अतिविपन्न परिवारलाई गत आइतबारका दिन खाद्यान्न सहयोग गरेको छ ।
लहान नगरपालिका वडा नं. ११ मा वडा सदस्य चलितर राम, वडा नं. १२ मा ओरेकको केन्द्रिय सदस्य श्याम साह, वडा नं. १३ मा वडा अध्यक्ष ईश्वर वस्नेत र वडा नं. २४ मा ओरेकको सिराहा जिल्ला संयोजक शर्मिला निरौलाको हातबाट खाद्यान्न वितरण गरिएको हो ।
राहतमा २५ किलोग्राम चामल, १ किलोग्राम चना, २ किलोग्राम दाल, १ किलोग्राम नुन, १ लिटर तेल, १ किलोग्राम लुगा धुने सर्फ, नुहाउने साबुन, एक प्याकेट मास्क र प्याडको लागि प्रयोग गर्न २ मिटर सुतीको कपडा रहेको छ ।
कोरोना महामारीको दोस्रो लहरका कारण अहिले पनि अवस्था सामान्य नभएको हुँदा ओरेकले दिएको खाद्यान्नले एउटा गर्भवती तथा सुत्केरी महिलालाई एक महिनाको लागि पुग्ने खाना र सरसफाईका सामाग्री दिएको ओरेक परियोजना कार्यालय सिरहाकी संयोजक शर्मिला निरौलाले जानकारी दिनु भएको हो ।