नेपालगन्ज ३ वैशाखः रोजगारीका शिलसिलामा भारत गएका सुर्खेतका एक युवकको नेपालगन्जमा मृत्यु भएकोछ । भारतमा दोस्रो चरणको कोरोना भाइरस संक्रमण फैलिएपछि कोरोनाबाट बच्न भन्दै उनी एक हप्ता अघि नेपाल फर्केका थिए ।
सुर्खेत गुर्भाकोटका ३१ वर्षिय ती युवाको स्वास्थ्यमा समस्या आएपछि चैत ३१ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका लागि आए । कोरोना आशंकामा उनको स्वाब परीक्षण गरियो । ल्याब रिर्पोट पोजेटिभ आएपछि उनलाई सोही दिन भेरी अस्पतालको कोभिड–१९ वार्डमा उपचारका लागि भर्ना गरियो ।
भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत सुर्खेत गुर्भाकोटका ती युवा कोरोनासंग लड्दै नयाँ जिवनको आशामा रहेका थिए । तर, कडाखाले कोरोना भाइरसको संक्रमणमा परेका ती युवाले कोरोनासंग हार खाए । अन्तत आज विहान ७ः३५ बजे मृत्युसंग लड्दै गर्दा मृत्युवरण हुनुप¥यो ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीका अनुसार भेरीमा उपचाररत सुर्खेत गुर्भाकोटका ती ३१ वर्षिय युवाको आज विहान ७ः३५ बजे भेरीमै उपचारका क्रममा मृत्यु भयो । मृतकलाई कुनै दीर्घरोग नभएको बुझिएकोछ ।
पछिल्लो समय नेपाल–भारत सीमानाका जमुनाह भएर दिनहुँ हजारौंको संख्यामा नेपाली नेपाल प्रवेश गरिरहेकाछन् । यसरी नेपाल प्रवेश गर्नेहरुमा दिनहुँ कोरोना संक्रमण पुष्टि समेत भइरहेकोछ । नेपालगन्जमा बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जिल्लाका सम्पूर्ण शैक्षिक संस्था बन्द गराउनुका साथै स्वास्थ्य सम्बन्धि मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरिरहेकोछ ।
भारतीय सीमाक्षेत्रमा आवजाउ नगर्न आग्रह गर्दै बाँके प्रशासनले सीमामा कडाई गर्नुका साथै जिल्लामा यसअघि रहेका सम्पूर्ण आइसोलेसन वार्ड, होल्डिङ सेन्टर र क्वारेन्टिलाई समेत पुनः सञ्चालनमा ल्याउने बताएकोछ । बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आँउदा यो संगै मृत्यु हुनेकोसंख्या ९३ पुगेकोछ ।
यसैबीच, मेडिकल कलेजमा गरिएको परीक्षणमा ४५ जनालाई कोरोना पुष्टि भएकोछ । जिल्लामा कोरोना संक्रमण बढेपछि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएकोछ ।