तस्विर - दाङमा नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुलाई स्वागत गरिँदै ( शिवराज खनाल/दाङ)
दाङ । दाङमा नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको जनलहर बढदो छ । नेपाली कांग्रेस दाङमा बिभिन्न अरु पार्टीका कार्यकर्ताहरु धमाधम आफ्नो पार्टी छोड्दै आउने क्रम बढीरहेको अवस्था छ । आफ्ना पुर्व पार्टीले आश्वासन देखाएपनी कामको भने सिन्को भाच्न नसकेको देखेर नेपाली काङ्ग्रेसमा प्रवेश गरेको प्राय नव प्रवेशिहरुको भनाइ रहेको छ ।
राजपुर गाउपालिका वडा नम्बर ७ सिक्टा निवासी घन श्याम कुमाल नेकपा एमाले परित्याग गरि काङ्ग्रेसमा प्रवेश गर्नुभएको छ । यति लामो समय नेकपा एमालेकै सत्ता थियो, हामी जस्ता युवाहरुलाई आश्वासन देखाए तर खै के गर्यो ? आफ्नो आक्रोश पोख्दै कुमाल भन्नुहुन्छ, "नेकपा भित्र पनि दाम र खामवाद चल्दो रहेछ । कित ठेक्कापट्टामा लाग्न पर्यो त्यस्को लागि हामी गरीब निमुखा कसरी लगानी लगाउन सक्छौ ? जुन नेताको भाषण सुनेर म नेकपामा प्रवेश गरेको थिए उनले केबल आश्वासन मात्रा दिए केही काम गरेन ।"
त्यस्तै गोपिराम कुमाल माओवादी केन्द्रका साधारण सदस्य हुनुहुन्थ्यो तर आफ्नो पीडा ज्युँ को त्युँ रहेकाले पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसमा प्रवेश गरेको बताउनुभयो ।
राजपुर गाउपालिका वडा नम्बर ७ मा विभिन्न पार्टी परित्याग गरि ५४ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन । गाउपालिकाको वडा न. ७ सिक्टाका वडा सभापती भिम बहादुर खड्काको सभापतित्व र नेपाली कांग्रेसका महासमिती सदस्य जानकिलाल बस्नेतको विशिष्ट आतिथ्यमा नव प्रवेशिहरुलाई फुल माला अबिर सहित स्वागत गरिएको छ ।
उक्त कार्यक्रममा गाउपालिकाका सभापती शरद कुमार बुढाथोकी, लोकराज के.सी, सह-सभापति मन्जित खड्का, नेपाल महिला संघ राजपुर सभापति रिता बि.क, पुर्व जिल्ला कमिटी सदस्य राम कुबेर यादव, तरुण दल राजपुर गाउँपालिका अध्यक्ष गोत बहादुर चौधरी लगायतको उपस्थिती रहेको थियो ।
नेपाली काङ्ग्रेस गाउँपालिका सदस्य खिम सिंह रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समाजसेवी युवा नेता लाल वीर खडकाले गर्नुभएको थियो ।