काठमाडौँ । भनिन्छ नि ‘यथा दृष्टि तथा सृष्टि’ यानी आफ्नो नजर जस्तो छ यो संसार पनि त्यस्तै देख्छ 'फूलको आँखामा फूलै संसार' भने झैँ अरुले देख्न नसकेका कुराहरु आफ्नो पुस्तकहरुमा लेखेर पाठकमाझ लोकप्रिय बन्न सफल लेखक तथा साहित्यकार आशिष जंग आफ्नो भिन्न लेखनशैलीको लागि त चर्चित नै हुनुहुन्थ्यो तर यसपाली फरक शैलिमा आफ्नो नयाँँ पुस्तक ‘माइ काइण्ड अफ गर्ल’ बिमोचन गर्नुभएको छ ।
आफ्नो पहिलो पुस्तकको सम्पूर्ण कमाई विपन्न बर्गलाई सहयोग गर्नुभएका उहाँले यसपाली पनि आफ्नो नयाँँ पुस्तकको पहिलो कमाईबाट अपाङ्ग तथा अनाथ आश्रमका बालबालिकाहरुलाई सहयोग गर्नुभएको छ । उहाँले शारीरिक रुपले अशक्त बालबालिकाहरुको हातबाट नै आफ्नो नयाँ पुस्तक बिमोचन गर्नुभएको छ ।
साहित्यको क्षेत्रमा आबद्ध आशिष जंगले आफ्नो पुस्तकहरुबाट आएको नाफाबाट बिपन्न बर्गलाई सहयोग गर्दै आईरहनुभएको छ । उहाँको यस कार्यमा अहिले अरु युवाहरुले पनि साथ दिरहेका छन । ति युवाहरुले स्वत-स्फुर्त रुपमा आशिष जंगले लेखेको पुस्तक ‘माइ काइण्ड अफ गर्ल’ को बिक्रि-वितरणमा सहयोग, साथ र हौसला दिँदै आईरहेका छन ।
त्यहि सामाजिक कार्य र पुस्तक बिमोचनमा भेटिनु भएकी अनुषा दवाडीले भन्नुभयो, "हामीले आफ्नो हातले विक्री गरेको उहाँको पुस्तकको कमाईलाई यसरी उहाँले हाम्रै हातबाट अपाङ्ग तथा अनाथ आश्रमका बालबालिकाहरुलाई सहयोग गर्न लगाउँदा एकदम खुशी लागिरहेको छ । सबैलाई नामको भोक हुन्छ तर उहाँ यसरी पछाडी बसेर हामीलाई सहयोग र साथ दिएको देख्दा उहाँ कर्ममामात्र विश्वास गर्नुहुँदो रहेछ नाम-पैसा केहिसंग लगाब नरहेछ भन्ने प्रस्ट हुन्छ । हामीले उहाँलाई अरुभन्दा एकदम भिन्नै र सकारत्मक पायौँ ।"
अरु पनि थुप्रै युवाहरु मनीषा श्रेष्ठ, नवाङ्ग तामांग, लक्षु अर्याल, राम राई, रमेश रावल, महेश के सी, ममिता के सी, मौसम क्षेत्रि, साहिल महत लगायतका थुप्रै युवाहरुले यस कार्यमा आशिष जंगलाइ सहयोग गरिरहेका छन ।
ति सबै युवाहरुले लेखक तथा साहित्यकार आशिष जंग प्रती आभार ब्यक्त गर्दै भविश्यमा फेरी यस्तै पुस्तक लेखेर समाजको उन्नती र प्रगतिकोलागी कार्य गर्न आग्रह गरेका छन ।