महिला हिंसा बिरुद्दको संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको घोषणा कार्यान्वयन गर्ने सार्क राष्ट्र मै पहिलो राष्ट्र नेपालले प्रत्येक बर्ष विश्वभर मनाइने लैंगिक हिंसा बिरुद्दको दिवस नोभेम्बर २५ देखि डिसेम्वर १० सम्म "महिला हिंसा बिरुद्दको प्रतिवद्दता, व्यक्ति समाज सबैको एकवद्दता "नारा सहित मनाइ रहँदा कोभिड संक्रमणको यो विषम क्षणमा महिला तथा बालबालिका माथिका हिंसाका घटना बढ्दो क्रममा देखिएको छ । बिश्व नै करिव करिव बन्दा बन्दीको अबस्थामा रहेको यस प्रहरमा त्यसै पनि तेस्रो मुलुकको रुपमा रहने हाम्रो जस्तो कम बिकसित मुलुकमा हिंसाका घटना बढ्ने गरेको पाइन्छ । त्यसो त कुनै पनि प्राकृतिक विपद, राजनैतिक संक्रमण, महामारीजन्य अबस्थामा सबै भन्दा बढी प्रताडित हुने समूह बालबालिका र महिला वर्ग नै हुने बिषयमा दुई मत छैन ।
"यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता" अर्थात जहाँ नारीको सम्मान हुन्छ त्यहाँ भगवान पनि खुशी हुन्छन भन्ने सनातन मान्यताको बिपरित हाल देखिएका महिला हिंसाका घटना वास्तव मै दुखद छन् । बिगतमा सामान्य अबस्था रहँदा प्रति दिन औसत ५- ६ वटा बलात्कारको घटना हुने गरेकोमा कोभिड संक्रमणको चाप बढेसंगै बढ्दो दरमा छ । साथै घरेलु हिंसा कै कारण आत्महत्याको दर समेत बढ्दो छ । रोजगारी बन्द हुनु,शिक्षण संस्था बन्द हुनु, उधोग - ब्यापार बन्द हुनु, यातायात कलकारखाना बन्द हुनु जस्ता कारणले गर्दा घरेलु हिंसा तथा मानसिक रोगीको संख्या बढ्दै गएको पाइन्छ | साथै प्रविधिको बिकास संगै आएका इन्टरनेट, मोबाइल फोनको गलत प्रयोगका कारण समेत गलत व्यक्ति संगको उठबसका कारण हिंसा र आत्महत्याका घटना बढ्दो छ ।
त्यसो त नेपालको संविधानले लैंगिक विभेदको अन्त गर्ने संकल्प सहित महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक,सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्दान्तको आधारमा सहभागिता हुने हक लगायतका मौलिक हकको प्रत्याभूत गरेको छ । साथै नेपालले महिला बिरुद्द हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सम्बधि महासन्धी १९७८ को अनुमोदन गरि सोहि अनुसारका नीति तथा कार्यक्रम संचालन गर्दै आएकोछ । तथापि उल्लेखित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताका यी निर्जीव सुकेका अक्षर फगत अर्थहीन देखिएका छन । अत:यी प्रतिवद्दतालाई क्रियाशिल बनाउन संघीय शासन ब्यबस्थाका तिनै तहका सरकारले आफना नीति तथा कार्यक्रम मार्फत अगाडि बढाउनु पर्ने देखिन्छ । साथै गत बर्षको महिला हिंसा बिरुद्दको नाराले परिकल्पना गरे झैँ घरेलु हिंसाका बिरुद्द व्यक्ति ,समाज र राष्ट्रले प्रतिवद्दता देखाउनु पर्ने देखिन्छ ।
मुख्य गरि महिला माथि हुने गरेका व्यबहारगत विभेद रहनु,अशिक्षा,लैंगिक विभेद रहनु ,हिंसालाई बढावा दिने सामाजिक संरचना,सोँच,मूल्य,मान्यता,प्रथा परम्परा रहनु ,घरेलु तथा यौंनजन्य हिंसा रहनु ,वहिस्कृत बालबालिका महिलालाई संरक्षण हुन् नसकेको अबस्था रहनु ,स्वावलम्वी तथा सशक्तिकरण बनाउन नसक्नु,संचालित कार्यक्रम बीच सम्वन्य हुन नसक्नु समस्याका रुपमा रहेका छन । अत संक्रमणको यो कठिन अबस्थामा राज्य जिम्मेवार रहनु पर्छ भने प्रत्येक नागरीकले महिला - नारी मात्र होइन आमा हो ,धर्ति हो भनि सदैव उच्च सम्मान गर्नु पर्दछ । साथै महिला हक अधिकारका बिषयमा नथाक्ने ,बर्षेनी लाखौ डलर कुम्ल्याउने एन.जी.ओ. आइ.एन.जी.ओ समेतले आफना कार्यक्रम सुबिधा सम्पन्न सहरमा मात्र संचालन नगरी दूरदराजका गाउँसम्म पुराउनु पर्ने देखिन्छ ।