रमेश प्याकुरे
मेरो विद्यार्थी जीवन भनेको विभिन्न समस्याहरुले अल्झिएको र बल्झिएको अवस्था हो । मैले मेरो विद्यार्थी जीवनमा अनेक चुनौतीहरुलाई सामना गरेँ । मैले मेरो विद्यार्थी जिवनमा भोगेका वास्तविक समस्याहरुलाई यहाँ व्यक्त गर्दै छु ।
मेरो जन्म विकट जिल्ला कालिकोटको पनि अति विकट तत्कालिन धौलागोह गा•वि•स• र हालको पालाँता गाउँ पालिकामा भएको हो । यस क्षेत्रको शिक्षाको स्तरलाई हेर्दा खासै गुणस्तरीय थिएन । म एक गरिव परिवारमा जन्मिएको हुँँ । मेरो विद्यार्थी जिवनको सुरुवात त्यसै क्षेत्र नजिकैको एक सामुदायिक विद्यालयबाट भएको हो । मेरो आमा बुवाले मलाई सकि नसकी पनि विद्यालय पठाउनु भयो । त्यस बेला यहाँको सामुदायमा धेरै शिक्षित मानिसहरु थिएनन् । सबैले आफ्नो जिविकोपार्जनका लागी काम गर्नु पर्थ्यो ।
विकट जिल्ला कालिकोट को पनि धौलागोह गा.वि.स. हालको पलाँता गाउँ पालिका को वडा नं.२ बान्जडा मा रहेको त्यही सामुदायिक विद्यालयबाट मैले कक्षा १- देखि ५ सम्मको विद्यार्थी जीवनलाई जसोतसो बितायँ । ५ कक्षा पास गरि सकेपछि नजिकैको अर्को गाउँको श्री सरस्वती माध्यमिक विद्यालय राडुनेटामा कक्षा ६ देखी १० सम्मको विद्यार्थी जीवनलाई संघर्षका साथ बितायँ ।
पढाइमा पनि धेरै राम्रो जान्ने विद्यार्थी पनि हैन म, सामान्य पास मात्र हुन्थे । सायद यो क्षेत्र विकट भएरै होला यहाँको शैक्षिक क्षत्र गुणस्तरीय थिएन । तर पहिलेको तुलनामा भन्दा अहिले शिक्षा लगायतका अन्य पुर्वाधारमा एकदम बिकास हुँदै आएको छ । जब मैले १० कक्षा SEE पास गरे त्यसपछि उमेर पनि अलि बढेकै कारण होला साथीहरूको कुरालाई मानेर पैसा कमाउन भनेर भारतको देहरादुन गए ।
मेरो बुवा पनि यस्तै काम गर्नको लागी छिमेकी मुलुक भारत जानुहुन्थ्यो । मेरो बुवा मात्रै नभएर खास गरि कर्णाली प्रदेशका सबै जिल्लाका मानिसहरुको आर्थिक अवस्था कमजोर भएको हुनाले पनि भारतका गल्ली गल्लीमा अहिले पनि भौतारिएका छन । काम गर्नका लागी जाने गर्थे त्यही कमाएको पैसाले घर खर्च चलाउने गर्थें । यो प्रक्रिया अहिले पनि चलिरहेको छ । यसको प्रमुख कारण पारिवारिक अवस्था लगायतका अन्य धेरै कारणहरु छ्न ।
म विद्यार्थी भएकोले समिक्षा गरेर भन्नुपर्दा वर्तमान शिक्षा प्रणालीलाई हेर्नुपदा राजनीतिक अखडाको रुपमा संन्चालन भइरहेको छ । यहाँ किसान मजदुर गरिब द्वन्द्व पीडित अन्य मुलुकमा गएका आमा बुबाका छोराछोरीको विद्यार्थी जीवन पिडा दायक छ । आर्थिक अवस्था कमजोर भएका सोझा साझा जनताका छोराछोरीलाई पछाडि पारिएको छ । कर्णाली प्रदेशका अधिकांश शिक्षक राजनीतिमा आबद्ध छन । तिनै शिक्षक र नेताका छोराछोरीले मात्र अगाडि बढ्ने अवसर पाएका छन ।
पारिवारिक समस्या आर्थिक अभावले गर्दा विचमा १ बर्ष सम्म मेरो पढाईमा बाधा आएकोले मैले पढाई छोडेर त्यसको १ बर्ष पछि कक्षा ११ को लागी फारम भरे तर आर्थिक अवस्था कमजोर भएकोले म काम गरेर पैसा कमाउनका लागी भारतको नयाँ दिल्ली गए र त्यहा पनि अरुको दबाब सहेर थोरै पैसा कमाएर घर फर्किएँ । त्यसपछि केही नपढेका कारण तयारी नै नगरेर कक्षा ११ को परिक्षा दिए र पास पनि भए ।
यस पछि कक्षा १२ मा पढ्दाको समय सम्ममा पनि मेरो पारिवारिक आर्थिक हैसियत अती विपन्न थियो । मेरो आमा बुवा किसान पेसामा आबद्ध हुनुहुन्छ । बर्खाको सिजनमा आफ्नै खेत बारीमा काम गर्नु हुन्थ्यो । हिउँदोको सिजनमा मेरो बुवा मात्रै नभएर कर्णाली प्रदेशका सबै बुबा दाजुहरु पैसा कमाउनको लागी छिमेकी मुलुक भारत जानुहुन्थ्यो । त्यहाबाट दु:ख गरेर कमाएर ल्याएको पैसाले घर परिवारलाई लाउन खान पुर्याउनु हुन्थ्यो ।
मेरो मात्रै नभएर यहाँका धेरै जसो मानिसहरूको आर्थिक अवस्था कम्जोर थियो । पहिलेको तुलनामा हेर्ने हो भने अहिले विकसित हुदै गएको छ । वि•स• २०७२ मा म लगायत मेरो परिवार कालिकोटबाट बसाइँसराइ गरि बर्दिया जिल्लाको मधुवन नगरपालिकाको वडा. १ सुर्यपटुवामा आयौं । बुवाले भारतबाट कमाएर ल्याएको पैसाले थोरै जमिन किन्नु भयो ।
कालिकोटबाट आईसके पछि यहाँ बस्ने आफ्नो घर नै थिएन । त्यसैले एकजना आफन्तको घरमा बस्थ्यौ र घर बनाउन सुरु गर्यौ । अहिले त्यही घरमा मेरो सानो परिवार बसिरहेका छ । पहिलाको पारिवारिक अवस्था र अहिलेको पारिवारिक अवस्थालाई तुलना गर्ने हो भने अहिले धेरै त छैन तैपनि राम्रै छ । खान बस्न पुगिरहेको छ । बुवा भारतमा नै गएर काम गरेर घर खर्च चलाउने र हामिहरुलाई विद्यालयको खर्च जुटाउने गर्नु हुन्छ ।
मेरो विद्यार्थी जीवन अनेकौँ अनेक समस्या र दु:खले भरिएको थियो । विद्यार्थी जिवनमा विभिन्न चुनौती र समस्याहरु आउँदा रहेछन् । हरेक समस्याले गरीब र विपन्नलाई नै जेल्दो रहेछ । ती समस्याबाट मुक्त हुनका लागी धेरै ठुलो संघर्ष गर्नु पर्दो रहेछ । आजपर्यन्त ति समस्यासंग जुध्दै, ढल्दै, उठ्दै फेरि हिँड्दै छु, गन्तव्यतिर लम्कँदै छु ।
लेखक रमेश प्याकुरेल जनपत्रकार संगठन नेपाल बर्दियाका जिल्ला संयोजक हुनुहुन्छ