दाङ : अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आज विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। यसैबीच, अन्तर्राष्ट्रिय विश्व शान्ति दिवसको अवसरमा दाङको लमहीमा वृक्षारोपण गरिएको छ।
नेपाल स्काउट लमही नगर कमिटीको आयोजना तथा डिभाइन यूथ क्लब लमही , सब डिभिजन वन कार्यलय लमहि , अजम्बरी सामुदायिक वन लमही , ट्राफिक प्रहरी लमहि , टिम नेपो दाङ र एनवाइ सिए दाङको समन्वयमा लमही स्थित अजम्वरी सामुदायिक वनमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो।
उक्त वृक्षारोपण कार्यक्रममा लमही नगर प्रमुख तथा नेपाल स्काउट लमही नगर संरक्षक कुल बहादुर केसी, राजनीतिज्ञ एवं समाजसेवी वसन्त शर्मा बिक्रान्त, ओम प्रसाद सुवेदी सागर, नारायण डिसी छ्म्पाली तथा वडा प्रहरी कार्यलय लमहीका प्रहरी , ट्राफिक प्रहरी लमहीका इन्चार्ज रन्जित आचार्य , रणसिङ्ग दल गण 'क' गुल्म लमहीका सह-सेनानी जलमदेव चौधरीको उपस्थिति रहेको थियो।
त्यस्तै, अजम्बरी सामुदायिक वनका अध्यक्ष पवन रिजाल , वन्यजन्तु संरक्षणकर्मी चिरञ्जीवी खनाल तथा स्काउटकर्मी भरत भुसाल , हरि प्रसाद खनाल , शिव कुमार निरौला , मिना पोख्रेल ,सीता चौधरी एवम् डिभाइन युथ क्लबका दिपेन्द्र पुलामी , विष्णु कुमाल , प्रदिप खनाल, सोमेल बुढा, टिम नेपोका प्रतिनिधिहरु, एनवाइसिएका प्रतिनिधि लगायतका व्यक्तिहरूको पनि वृक्षारोपण कार्यक्रममा उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा ३ सय बोट बराबरको रुखहरु रोपिएको हो । कार्यक्रमको उट्घाटन लमही नगर प्रमुख कुल बहादुर केसीले गरेका थिए भने कार्यक्रम नेपाल स्काउट लमही नगर कमिटीका अध्यक्ष भरत भुसालको नेतृत्वमा सम्पन्न भएको हो।