निर्वाचनमा भएको बिबाद बारे पार्टी सभापति सञ्जय गौतमलाई जानकारी गराउँदै नेता-कार्यकर्ताहरु
बर्दिया । बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नंवर ३ मा मंगलबार बिबादका कारण बबाल भएपछि यहाँँको वडा अधिवेशन स्थगित भएको छ । यस् अघी नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको नामावली अनुसार चुनाव हुनगईरहेको अवस्थामा आफुलाई संस्थापन पक्षको दाबी गर्ने समुहले नयाँँ नामावली ल्याएर वडामा खटिएका निर्वाचन अधिकारीलाई दिएपछि बबाल भएको हो । उक्त नयाँँ नामावलीमा ३१ जनाको नाम रहेको छ । कांग्रेसको लेटरप्याड जस्तो देखिने फोटोकपिमा लेखिएको छ, "नेपाली कांग्रेस १४ औँ महाधिवेशन-२०७८ कृयाशिल सदस्यको छुट नामावली समायोजन, जिल्ला बर्दिया, समायोजन-अखण्ड समान्तर पार्टी ।"
तस्विर -रहस्यमयी ढंगले रातारात बाहिर आएको कथित छुट नामावली
रहस्यमयी ढंगले रातारात बाहिर आएको कथित छुट नामावलीलाई समेत समायोजन गरेर निर्वाचन गराउनुपर्ने भन्दै उक्त नामावली ल्याउने समुहले बबाल गरेपछि निर्वाचन गराउन वडामा खटिएका निर्वाचन अधिकारी आशाराम चौधरीले जिल्लामा केन्द्रबाट खटिएका निर्वाचन अधिकारी लोक बहादुर शाहीलाई फोन गरेर जानकारी गराउनुभएको थियो । वडामा खटिएका निर्वाचन अधिकारी चौधरीले आफुलाई ३१ जनाको नाम समावेश गरेर निर्वाचन गराउन दबाब आएको भन्दै निर्वाचन स्थगित गर्नुभएको हो । उहाँलाई प्रहरीको स्कर्टिङमा मंगलबार साँझ बर्दियाको सदरमुकाम गुलरिया लगिएको थियो ।
तस्वीर- यस् अघी नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समितीले जारी गरेको बिज्ञप्ती । निर्वाचन सम्बन्धी कुनै महत्वपूर्ण सुचना दिनुपरेमा प्रयोग गरिने आधिकारिक लेटर प्याड, छाप र सिग्नेचर यस्तो छ ।
नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समितिले जारी गरेको नेपाली कांग्रेसको निर्वाचन निर्देशिका २०७८ मा भनिएको छ, "नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिबाट केन्द्रीय निर्वाचन समितिलाई उपलव्ध क्रियाशील सदस्यको नामावली वेवसाइटमा प्रकाशन गरिनेछ ।" सोही नामावली अनुसार निर्वाचन हुने नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले नेपाल कागजलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, "कसैले हाम्रो लेटर प्याड दुरुपयोग गरेर त्यस्ता नामावली आँफै प्रकाशन गर्छ भने त्यो गलत र किर्ते हो । हामीले बर्दियाको मधुवन वडा नंवर ३ लगायत कहीँ कतै कसैको नाम घटाएको पनि छैन र बढाएकोपनी छैन । कांग्रेसको आधिकारीक वेबसाइटमा राखिएको नामावलिनै आधिकारीक हो । नामावली प्रकाशित संसोधित गर्ने काम एकै दिनमा हुँदैन, यस्कोलागी प्रकृया हुन्छ । अहिलेसम्म जुन नामावली वेबसाइटमा छ त्यही आधिकारिक हो ।"
बिबादले गम्भिर रुप लिएपछि वडा नंवर ३ का संस्थापन ईतर पक्षका नेता कार्यकर्ताहरु अहिले नेपाली कांग्रेस बर्दियाका पार्टी सभापति सञ्जय कुमार गौतमको निवासमा सघन छलफलमा रहेको एक नेताले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसको वेबसाइटमा प्रकाशित नामावली यस्तो छ । उक्त नामावलिमा १२५ जनाको नाम रहेको छ ।
नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समिती द्वारा प्रकाशित
नेपाली कांग्रेस
कृयासिल सदस्यताको नामावली
प्रकार : नवीकरण
जिल्ला : बर्दिया
प्रतिनिधिसभा नि.क्षे.नं. : 2
प्रदेश सभा क्षेत्र : 1
न.पा./गा.पा. : मधुवन न.पा.
वडा नं. : 3
क्र.स. सदस्यको नाम . लिङ्ग
1 राजकुमार पुरी पुरुष
2 लक्ष्मण पाण्डे पुरुष
3 राम किसन थारु पुरुष
4 बुध राम थारु पुरुष
5 दिल्ली कुमार रेउले पुरुष
6 जज्गा प्रशाद पाण्डे पुरुष
7 राजेन्द्र ब.रेउले पुरुष
8 श्री कृष्ण के.सि. पुरुष
9 गीता के. सी. महिला
10 श्री नारायण थारु पुरुष
11 राम किसन थारु पुरुष
12 राम ब. थारु पुरुष
13 गंगा राम चौधरी पुरुष
14 श्री राम बहादुर चौधरी पुरुष
15 श्री बिर बहादुर वंशि मंगर पुरुष
16 पतिराम थारु पुरुष
17 लिलक थारु पुरुष
18 प्रकाश चौ. थारु पुरुष
19 रुपा पौडेल पुरुष
20 राधा पौडेल महिला
21 धुर्व पौडेल पुरुष
22 कौशीला शाही महिला
23 सीता आचार्य महिला
24 धुर्व पुरी पुरुष
25 उदयराम खडका पुरुष
26 बुधिराम थारु पुरुष
27 नरेश ठाडा पुरुष
28 भिम कुमारी राई महिला
29 भागीराम थारु पुरुष
30 गिर धारी थारु पुरुष
31 ललीत हमाल पुरुष
32 नरु चन्द पुरुष
33 तुला देवी सिंह ठकुरी महिला
34 बुधिराम दगौरा पुरुष
35 किशोर कुमार थारु पुरुष
36 चतुरभुज शाही पुरुष
37 तारा शाही महिला
38 इन्द्र बहादुर खत्री पुरुष
39 प्रेम प्रकाश चौधरी पुरुष
40 सुरेश राज योगी पुरुष
41 शान्ती योगी महिला
42 मस्त बहादुर के.सी. पुरुष
43 शरद कुमार राई पुरुष
44 जिव लाल चौधरी पुरुष
45 लक्ष्मी शाह महिला
46 रन्जित शाह पुरुष
47 रघुनाथ चौधरी पुरुष
48 जन्कु चौधरी पुरुष
49 रामदीन थारु पुरुष
50 खुसी राम थारु पुरुष
51 मिना मल्ल महिला
52 प्रमोद थारु पुरुष
53 धन बहादुर चौधरी पुरुष
54 नारायण मल्ल पुरुष
55 हिल थारु पुरुष
56 खगि कुमारी खत्रि महिला
57 सन्तोष चौधरी पुरुष
58 चित्र बहादुर वली पुरुष
59 राम लाल चौधरी पुरुष
60 श्याम ब.पौडेल क्षेत्री पुरुष
61 लोहारी थारु पुरुष
62 सरस्वती शाही महिला
63 सुरज राइ पुरुष
64 बिहारीलाल थारु पुरुष
65 लक्ष्मी शाह महिला
66 शेर ब. गरुङ पुरुष
67 केशव ब. खत्री पुरुष
68 सिखु थारु पुरुष
69 चक्र बहादुर ठाडा मगर पुरुष
70 झकु थारु पुरुष
71 फुलराम थारु पुरुष
72 राम प्रशाद मगर पुरुष
73 रोइना थारु पुरुष
74 खुम बहादुर बुढा पुरुष
75 नन्दराम जैसी पुरुष
76 तीत्र व. थापा पुरुष
77 बेझुवा थारु पुरुष
78 केशव बहादुर पुन पुरुष
79 मोहन चौधरी पुरुष
80 लाल ब. थारु पुरुष
81 भरत के. सि. पुरुष
82 देविलाल खडका पुरुष
83 दिप खडका पुरुष
84 प्रसादी थारु पुरुष
85 लाल बहादुर खडका पुरुष
86 रमेश चौधरी पुरुष
87 जित बहादुर थारु पुरुष
88 रण वहादुर राई पुरुष
89 पावर्ती बुढा महिला
90 छुदराम थारु पुरुष
91 चुन्कु थारु पुरुष
92 चित्र ब. के.सी. पुरुष
93 कुल ब. बुढा मगर पुरुष
94 नृप बहादुर सिहं पुरुष
95 कृष्णराज योगी पुरुष
96 नोके दमाई पुरुष
97 फुल राम चौधरी पुरुष
98 भिमलाल थारु पुरुष
99 प्रेम लाल थारु पुरुष
100 राधाकृष्ण चौधरी पुरुष
101 टिका ब. ठाडा मगर पुरुष
102 लिला धर खडका क्षेत्री पुरुष
103 शान्ती राई महिला
104 जित ब. चौधरी पुरुष
105 गोपाल ब. खडका पुरुष
106 लौटन थारु पुरुष
107 राम प्यारी चौधरी महिला
108 होम ब. चौधरी पुरुष
109 बुझौनी थारु महिला
110 खुस्मानी थरुनी महिला
111 बुध राम थारु पुरुष
112 राज कुमार पुरी पुरुष
113 लक्ष्मण पाण्डे पुरुष
114 देबी के सी महिला
115 ठाकुराम चौधरी पुरुष
116 सुरज लाल थारु पुरुष
117 खडक बहादुर खत्री पुरुष
118 दिवश चौधरी पुरुष
119 पसिराम चौधरी पुरुष
120 मन प्रसाद पाण्डे पुरुष
121 लक्ष्मी सुनार महिला
122 रुकुमदेवी पाण्डे महिला
123 प्रेम प्रसाद पाण्डे पुरुष
124 सुबर्ण योगी पुरुष
125 तिर्थ बहादुर सुनार पुरुष