डडेल्धुरा। डडेल्धुरामा १३ बर्षिया बालिकामाथि सामुहिक बलात्कारको आरोपमा ३ जना पक्राउ परेका छन्। जिल्लाको परशुराम नगरपालिकाकी बालिकालाई बलात्कार गरेको आरोपमा सोेही नगरपालिका–१० बस्ने २३ वर्षीय राम सिंह ठगुन्ना र दार्चुला नौगाड गाउँपालिका–५ घर भएका २७ वर्षीय जगदिश धामी पक्राउ परेका हुन्।
यस्तै बलात्कारको घटनामा मतियारको भूमिका खेल्ने परशुराम नगरपािलका वडा नं ३ कि अन्दाजी २५–२६ बर्षिया महिला कमला सार्कीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय जोगबुडाका ईन्सपेक्टर रमेश अवस्थीले खासखबरलाई जानकारि दिए।
के हो घटना ?
जगदिश र रामसिंह साला भिनाजु नाता पर्ने हुन्। जगदिस अटो ब्यबसायी हुन् भने ठगुन्ना परशुराम नगरपालिका वडा नं ९ गाईबाँधेमा होटेल ब्यबसाय सञ्चालन गरि बसेका छन्।
जगदीश र कमला पहिल्यैदेखि सम्पर्कमा थिए। कमलाका श्रीमान वैदेशिक रोजगारीका क्रममा भारतमा छन्। बलात्कृत १३ बर्षिय बालिका र कमला नन्द भाउजू हुन्।
जगदीशले कमलालाई आफु र आफ्ना साथी रामसिंहका लागि यौन सम्पर्कको प्रस्ताव गर्छन। उनले रामसिंहलाई १६–१७ बर्ष उमेरको बताउँछन्।
कमलाले पनि ती बालिकाकि आमासँग दिउँसै कुरा राख्छिन् र राती आफुसगै सुत्न आग्रह गर्छिन। १३ बर्षिय बालिका महिनावारी भएको ४ दिन पुगेको थियो।
राती ११ भने धामी र ठगुन्ना कमलाको घरमा पुग्छन्, धामी र २३ बर्षिय महिला तथा ठगुन्ना र १३ बर्षिया बालिकाबीच अवैध यौन सक्पर्क हुन्छ। स्वार्थपूर्तिपछि १३ बर्षिया बालिकालाई ठगुन्नाले ५०० नगद दिएको र बालिकाले पनि लिएको खुलेको छ।
प्रहरीले कमलालाई बतलात्कारको घटनामा मतियारको भूमिका खेलेको भन्दै कमलालाई पक्राउ गरेको हो।