शुभद्रा रायमाझी : पछिल्लो केही दिनयता सामाजिक संजाल एउटा विषयले निकै तातिएको छ। जुन विषय हो प्याडमा सरकारले बढाएको कर बारे । अधिकांशले प्याडमा बढाइएको करको विषयमा विरोधको आवाज उठाइरहेका छन् ।
झट्ट सुन्दा अचम्म लाग्न सक्छ, जाबो एउटा प्याडको विषयलाई लिएर सामाजिक सञ्जालमा हल्ला गर्नु जरुरी छ र ? यत्रो होहल्ला गर्न आवश्यक छ र ? तर मलाई त लाग्छ सरकारले गरेको यस्तो कार्यको घोर निन्दा गर्दै हामी सबैले घोर विरुद्ध गरौं । एउटा नारी सामान्य महिनावारी हुनु कुनै रहर नभएर हरेक आमा दिदी बहिनीकोलागि बाध्यता कुरा हो। त्यसैले म पनि एउटी छोरी भएको कारणले सबै वर्गका नारीले किनेर लगाउन सक्ने मुल्य प्याडमा निर्धारण गरोस् सरकारले।
सबै वर्गका नारीको प्याड किन्न सक्ने अवस्था छैन। अझै पनि विकट गाउँका नारीहरुले महिनावारी हुँदा कपडा प्रयोग गरिरहेका हुन्छन् । त्यसैले सरकारसँग मेरो विन्ती छ,
प्याडमा कर नलगाइदेउ !
यो सबै वर्ग र परिवारको नारीले किनेर लगाउन सक्ने व्यवस्था गरियोस भन्ने मेरो माग छ। हामी निशुल्क देउ भन्दैनौं तर यसमा लगाइने कर तुरुन्त हटाइयोस। सम्पुर्ण सर्वसधारण नारिको लागि यो दैनिक उपभोग्य सामग्री हो। यदि सकिन्छ भने प्याडको मुल्य हटाइदेउ सरकार बिन्ती छ म जस्तै हजारौं नारिको आवाज हो ।
गाउँघरमा त झनै समस्या छ ,कतिले त अझैपनि लाजले महिनावारी भएको छु समेत भन्न सक्दैनन् । एउटै कपडा प्रयोग गरिरहँदा धेरै रोग र समस्या देखिन्छ । सरकारले कन्डम फ्रि गरेझैं प्याड पनि फ्रि गर्यो भने लाखौं नेपाली नारीले जयजयकार पक्कै गर्छन् ।
त्यसो त महिलाको विषयमा धेरै कुरा थाहा नहोला मलाई । तर यस्ता कुराहरुमा सरकारले बुझ्नुपर्छ । हरेक महिलाको आवाज उठ्नुपर्छ । जसरी राज्यले कन्डम निशुल्क प्रदान गरिरहेको छ, त्यसरी नै प्याड पनि निशुल्क गरिदियो भने महिनावारी हुने हरेक निम्न वर्गका नारीलाई राहत महशुस हुन्छ। महिनावारी हुँदा हुने हरेक संक्रमणमा न्यूनीकरण आउँछ।
महिनावारी सुरुभएका नारीहरुलाइ प्याड निशुल्क प्रदान गर्न सकेपनि प्याडमा लगाइएको कर हटाइनुपर्छ। त्यसो त कर बढाउनु आफैमा लज्जास्पद कुरा हो सरकारको लागि । महिला राष्ट्रपति भएको मेरो देशमा महिला महिनावारी हुँदा प्रयोग गर्ने प्याडमा यसरी कर बढाइनु निकै विडम्बना हो। सरकारमा रहेका मन्त्रीहरुले यस् विषयमा आवाज उठाउन जरुरी छ। आफ्नो मात्र दुनो सोझाएर मात्र हुँदैन, जनताका पिर मर्का अनि दुखलाई हेर्ने पनि गर्नु पर्यो ए मेरो सरकार !
जनताबाट कर उठाएर भ्रष्ट नेतालाई पाल्ने अनि महिला दीदि बहिनीको स्वास्थ्य माथि खेलबाड गर्ने यो कस्तो सरकार ?
विन्ती सरकार कि प्याड निशुल्क गर, कि प्याडमा कर नबढाइदे !
शुभद्रा रायमाझी समसामयिक विषयमा कलम चलाउँछिन।