कोहलपुर : बाँकेका संरक्षण क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्य तथा मानवीय सामग्री बितरण गरिएको छ । कोरोना महामारीबाट प्रभावित त्यस क्षेत्रका अपाङ्गता भएकाहरुलाई सहयोग पुगोस भन्ने हेतुले स्वास्थ्य तथा मानवीय सामग्री बितरण गरिएको हो ।
अविलिस नेपाल नेटवर्क तथा वन्यजन्तु संरक्षण कार्यक्रम– नेपालको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रममा १ सय जना अपाङ्गता भएका व्यक्तिहरु त्समा पनि विपन्न परिवारलाई राहत पुगाउने उदेश्यले बितरण गरिएको अविलिस नेपाल नेटवर्कले जनाएको छ ।
स्वास्थ्य तथा मानवीय सामग्री बाँकेको कोहलपुर वडा नम्बर १२,१३ मा बितरण गरिएको छ, भने बैजनाथ गाउँ पालिका वडा नम्बर १ र ४ का साथै राप्ती सोनारी गाउँपालिकाका ८ र ९ वडामा रहेका विपन्न अपाङ्गता भएकाहरूलाई स्वास्थ तथा मानवीय सामग्री बितरण गरिएको हो ।
अपाङ्ग सशक्तिकरण एबम् सञ्चार केन्द्र (डेक नेपाल)को सहजीकरणमा भएको बितरण कार्यक्रममा अपाङ्गता भएकाहरुलाई माक्स, सेनिटाईजर, मञ्जन, बुर्श, लुगा धुने साबुन, लुगा धुने साबुन, नङ काट्ने, टावेल, चामल, दाल, तेल, दाल प्रदान गरिएको छ भने महिलाहरुको लागि थप सेनेटरी प्याट, बच्चाको लागि डाईपर, कोरोना बाट प्रभावितलाई पानीको बाफ लिने मेसिन, अक्सिजन मात्रा नाप्ने अक्सोमिटर, जोरो नाप्ने थर्मोमिटर आवश्यकताका आधारमा बितरण कार्य गरिएको डेक नेपाल अन्तरर्गत सन्चालनमा रहेको ओएसएफका कार्यक्रम संयोजक गणेश पाण्डेले जानकारी दिए ।
बितरण कार्यक्रममा अबिलिस नेपालका नेपालका लागि कन्ट्री ड्राईरेक्टर डा. वीरेन्द्रराज पोखरेल स्वयम उपस्थित भएर अपाङ्गता भएकाहरुलाई सामग्री वितरण गरेका थिए । डेक नेपालका कार्यकारी निर्देशक देवीदत्त आचार्यको अध्यक्षतामा सामग्री बितरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय जन प्रतिनिधि, अधिकारकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।