बर्दियामा अक्सिजन बैंक स्थापना, बैंकका लागि आर्थिक सहयोग गरिदिन सबैमा अपिल
बर्दिया । जिल्लामा कोरोना पोजेटिभको संख्यामा दिनानुदिन थपिँदै गर्दा बिरामीहरुका लागी अत्यावश्यक अक्सिजनको कमि हुन नदिन र अक्सिजन आपूर्ति सहजीकरणका लागी बर्दिया अक्सिजन बैंक स्थापना भएको छ । अक्सिजन अभावको अवस्था आउन नदिन र अक्सिजन सुलभ तरिकाले बिरामीको पहुँचमा पुर्याउन सहयोगका लागी बर्दियामा अक्सिजन बैंकको स्थापना गरिएको बर्दिया अक्सिजन समितीका अध्यक्ष भेषराज पौडेलले जानकारी दिनुभयो ।
"बर्दिया अक्सिजन बैंकमा हिजो २०७८ जेठ १ गतेसम्म रु.५१६४९८|- अक्षेरुपि पाँच लाख सोर्ह हजार ४ सय अन्ठानब्बे रुपैयाँ जम्मा भैसकेको छ ।" अध्यक्ष पौडेलले भन्नुभयो, "यस महान कार्यका लागी र मानव सेवाकोलागी सहयोग गरिदिनुहुन सम्पुर्ण बर्दियावासी तथा देश बिदेशमा रहनु भएका नेपाली दाजुभाइ दिदिबहिनीलाई दुई हात जोडेर अनुरोध गर्छु ।"
यस्तै धेरै मनकारी सहयोगी हातहरुको सहयोगले आज जिल्लामा अक्सिजन बैंक स्थापना भएको छ । त्यस्तै भेरी अस्पतालका हाडजोर्नी तथा नसा विशेषज्ञ बर्दिया निवासी डा. लक्षमण सिग्देलले मानव सेवाका लागि अक्सिजन बैंक स्थापना गरेर निकै सराहनीय कार्य गरेको र आफ्नो तर्फबाट सेवाका लागि भन्दै रु. ५००१ |- अक्षेरुपि पाँच हजार एक रुपैयाँ सहयोग गर्नुभएको छ ।
त्यसैगरि उदय कृषि तथा वन नर्सरि उद्योग मधुबन नगरपालिका वार्ड नं.-४ का प्रो.बिष्णु प्रसाद योगिले रु.५००१|- अक्षेरुपि पाँच हजार एक रुपैयाँ सहयोग गर्नुभएको छ भने मधुबन नगरपालिका वार्ड नं.-३ बालकुमारीका वडा अध्यक्ष नारायण मल्लले रु.५०००|- अक्षेरुपि पाँच हजार रुपैया सहयोग गर्नुभएको छ।
त्यस्तै यस्तो महामारीको समयमा बर्दिया अक्सिजन बैँकको टिम र यस्मा सहयोग गर्ने सबैले गरेको कार्य अत्यन्तै सराहनिय र मानव सेवाकोलागि अत्यन्तै ठुलो भएको भन्दै मधुबन नगरपालिका नगरप्रमुख गणेशबहादुर के.सि.(कृष्ण)ले सबैलाई धन्यवाद दिनुभयो ।
यस् बैंकमा बर्दियाका ब्यवसायिहरुले १४ थान सिलिन्डर जम्मा गरेका छ्न भने १० थान खरिद गरिएको छ । त्यस्तै ५२ थान अक्सिजन सिलिन्डर ग्यास जिल्ला अस्पताल बर्दिया लगायत सबै पालिकाहरुमा दिने गरिएको बैंकका अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ।
यस महान मानव सेवाका लागि सहयोग गरिदिन सम्पुर्ण बर्दियावासी तथा देश बिदेशमा रहनु भएका नेपाली दाजुभाइ दिदिबहिनीलाई बर्दिया अक्सिजन बैंकका अध्यक्ष पौडेलले हार्दिक अपिल गर्नुभएको छ ।
तँपाइपनी यो महान कार्यमा जोडीन सक्नुहुन्छ, सहयोगकालागी
बैक शाखा:- राष्ट्रिय वाणिज्य बैक गुलरिया, बर्दिया ।
खाताको नाम:- बर्दिया अक्सिजन बैक
खाता नं.- ४१४०१००१००३०३००१
साथै फोटोमा रहेको कोडलाई स्क्यान गरेर समेत् ई-सेवा लगायत बाट सहयोग गर्न सकिन्छ ।