तस्बिरमा मनकारी श्यामलाल थारु
यसरी मनकारी श्यामलाल थारुले जनताको धान लगाएको सयौं बिगाहा जमिन डुबान हुनबाट बचाए
बर्दिया । मधुबन नगरपालिका वडा नं. २ फुलबारीमा बर्खामा पानी निकासी हुने झरन पुरिँदा करिब २५० बिगाहामा लगाएको धानबाली प्राय जसो नष्ट हुने गरेको थियो । स्थानियले आफ्नो समस्याका बारेमा बिभिन्न निकायमा जानकारी गराउँदा पनि कहिँकतै बाट पहल नभएपछि स्थानिय श्यामलाल थारुले ब्यक्तिगत रकम लगाइ सफाइ गरिदिएपछि स्थानिय वासिन्दा खुशी र हर्षित भएका छन ।
थारुले जे.सि.बी प्रयोग गरि पुरिएको करिब १.५ किलोमीटर लामो झरन सफाइ गरिदिनु भएको छ । स्थानियले पिरमर्का बुझिदिन मधुबन नगरपालिका र वडा कार्यालय पटक पटक धाउँदा समेत कतैबाट सुन्वाइ नभएपछि थारुले स्थानीयको समस्या सदाकोलागी समाधान गरिदिनु भएको छ । "हाम्रो लागी भगवान साबित भएर आउनुभयो श्यामलाल थारु जस्ले पुरिएको करिब १.५ किलोमीटर लामो झरन सफाइ गरिदिनु भयो" स्थानिय सोनाहा गाउँका बड्घर(अगुवा) खुशिराम थारुले भन्नुभयो, "हामि तिन गाउँ (सोनाहा, गंगापटुवा र दखिन खैरेनि)का किसान निकै खुशि भएका छौँ ।"
त्यस्तै दखिन खैरेनिका बड्घर(अगुवा) कंवला थारु भन्नुहुन्छ, "किसान दाजुभाइले मत दिएर पठाएका जनप्रतिनिधिहरुले हाम्रो पिरमर्का नबुझिदिए पछि हामी किसान कहाँ जाने ? हामी अति खुशि छौँ हामि गाउँबासिले जिवन रहेसम्म श्यामलाल थारुको योगदान कहिले पनि भुल्ने छैनौ।"
यस् अघि सम्म पानीमा डुबेर आधा धान नष्ट हुने गर्थ्यो भने अब धान बाली राम्रो हुने भयो भन्दै स्थानीय टेटुराम थारु ले खुशि व्यक्त गर्नुभयो । मनकारी श्यामलाल थारुले जनताको धान लगाएको सयौं बिगाहा जमिन डुबान हुनबाट बचाएपछि स्थानीयहरुले खुशी व्यक्त गरेका छ्न । यस् अघिको स्थानिय निकायको निर्वाचनमा श्यामलाल थारु ने.क.पा.एमाले बाट वडा अध्यक्षमा उठ्नु भएको थियो भने ने.क.पा. माओवादीका पहारी थारु सङ्ग पराजित हुनुभएको थियो ।
१.५ किलोमीटर लामो झरन सफाइ गरिदिनु हुँदै श्याम लाल थारु- तस्बिर