दाङ : नेपाल तरुण दाङले अपांग पुनःस्थापना गृहलाई खाद्यान्न सहयोग गरेको छ। नेपाल तरुण दलको ६८ औं स्थापना दिवसका अवसरमा घोराही उपमहानगरपालिका -१४ झिगौरामा रहेको नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र स्वार्गद्वारी शाखाद्वारा संचालित अपांग पुनःस्थापना गृहलाई नगदसहिद खाद्यान्न सहयोग गरिएको हो।
नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्तीको अध्यक्षता तथा नेपाली कांग्रेसका जिल्ला सभापति किर्तिबहादुर खड्काको प्रमुख आतिथ्यता भएको कार्यक्रममा खाद्यान्न बितरण गरिएको थियोे । तरुण दलले पुनःस्थापन गृहमा रहेका अपांग भएका व्यक्तिहरुलाई सहयोग पुर्याउने उदेश्य अनुरुप ७ बोरा चामल, १८ केजी दल, १० लिटर तेल,१० केजी पिठो, ५ केजी चिनी, ५ किलो नुन, स्वाबिन १० प्याकेटलगायतको खाद्यवस्तु सहयोग गरेको हो । त्यसैगरी घोराही-१६ निवासी रबिन भण्डारीले ५ हजार एक सय नगद सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै सभापति खड्काले तरुण दलमा आवद्ध युवाहरुलाई आफुलाई परिवर्तन गर्दै समाज परिवर्तन लाग्न आग्रह गर्नुभयो । उहाँले अहिले पार्टीसंगै देशका लागि युवाहरुको आवश्यकता रहेकाले युवाहरु विधि, विधान र प्रक्रियालाई अवलम्बन गर्दै अधि बढन आग्रह गर्नुभएको थियो । त्यस्तै, युवाहरुमा बुद्धि,बल,जोस र जागरलाई समाज परिवर्तनमा लगाउनुपर्ने बेला आइपुगेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले संगठन निर्माणसंगै समाज रुपान्तरणमा तरुण दललाई लगाउन आग्रह गर्नुभएको थियो । कार्यक्रममा जिल्ला उपसभापति कमानसिंङ भारती,जिल्ला सदस्य बालिका लम्साल,भिमप्रकाश खड्का, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का उपसभापति भगत सिंह भण्डारी, नेपाल महिला संघ दाङका अध्यक्ष गोमा रावत, नेपाल दलित संघ दाङका अध्यक्ष बाबुराम बिश्वकर्मा, नेपाल विद्यार्थी संघका नेता लेखनाथ बुढाथोकी, संस्थाका उपाध्यक्ष रपा वली लगायतले आफ्नो कुरा राख्नुभएको थियो।
तरुण दल दाङका उपाध्यक्ष मुक्ति न्यौपानेको स्वागत मन्तव्य सहित सुरुभएको कार्यक्रमको सहजीकरण धुर्व आचार्यले गर्नुभएको थियो । पुनःस्थापन गृहमा अहिले दश जना अपांगता बालबालिकाहरु बस्दै आएका छन ।