ज्ञानु संगम खड्का : विगत लामो समयदेखि प्रवासमा रहेर नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गायक तथा सर्जक हुन् प्रेम सापकोटा सोनु। हाल जापानमा रहेका प्रेमले आफ्नो कामसंगै गीत संगीतको यात्रालाई पनि अगाडि बढाइरहेका छन् ।
प्रायः मौलिक गीत गाउन रुचाउने प्रेमका सयौं गीत नेपाली सांगीतिक बजारमा छन् । जसमध्ये अधिकांश गीत दर्शक स्रोतामाझ लोकप्रिय छन् । प्रेमका लोकप्रिय गीतहरु मध्ये एक हो "मुटु बैना" बोलको गीत।
करिब ६ महिना अघि रिलिज भएको उक्त गीतमा प्रेमको सुमधुर आवाज सुन्न सकिन्छ। प्रेमसंगै लोकप्रिय गायिका रचना रिमालको पनि सुमधुर आवाज गीतमा रहेको छ।
गीतका सर्जक आयान न्यौपाने हुन् । आयानको शब्द अनि संगीत गीतमा रहेको छ। त्यसो त आयान संगीत क्षेत्रका लागि नव सर्जक हुन् । भर्खरै सांगीतिक क्षेत्रमा गीत संगीत सृजना गर्दै अघि बढिरहेका आयान नयाँ भएपनि अब्बल गीत संगीत सृजना गर्ने गर्छन् । जसको ज्वलन्त उदाहरण यस् गीतलाई लिन सकिन्छ।
उसो त, गायक एवम् सर्जकको हिसावले आयान र प्रेम यो पहिलो सहकार्य हो। पहिलो सहकार्यलाई नै दर्शक स्रोताले औधी रुचाएका छन् । यो समाचार तयार पार्दासम्म गीतलाई २१ लाख बढी भ्युज युट्युबमा मिलेको छ। युट्युबमा गीतलाई प्रतिक्रिया पनि निकै सकारात्मक मिलेको छ। अधिकांश दर्शकले राम्रो प्रतिक्रिया युट्युबको कमेन्ट बक्समा दिएका छन् ।
गीतको अडियो भिडियो दुबैलाई दर्शक स्रोताले रुचाएका छन् । भिडियोमा कलाकार अन्जली अधिकारी र अर्जुन सापकोटाको जोडी पनि मन पराइएको पाइएको छ।
सुन्दा मौलिक र प्रेमिल लाग्ने यस् गीतमा प्रेम र रचनाको गायिकी मिठासयुक्त एवम् अब्बल सुनिएको छ। आयानले पनि शब्द संगीतको पाटोमा अब्बलता दिएका छन् ।
यसरी पहिलो सहकार्य नै लोकप्रिय बनेपछि प्रेम र आयान हर्षित छन् यो बेला। अब छिट्टै अर्को सहकार्य छिट्टै दर्शक स्रोतामाझ लिएर आउने आयान र प्रेम बताउँछन् । मुटु बैना गीतलाई दर्शक स्रोताले दिएको मायालाई आत्मसाथ गर्दै नयाँ गीतको तयारीमा जुटेको प्रेमको भनाइ छ।