काठमाडौँ । गायिका गीता पाण्डेले तिहार र नेपाल सम्बत ११४२ को अवसर पारेर ‘चाहेको बाटो' गीत सार्वजनिक गर्नुभएको छ । भैरब नाथ रिमालको शब्द रहेको उक्त गीतमा शुभ बहादुर सुनामको संगीत, देवेन्द्र नेवाको संगीत संयोजन साथै गायिका गीता पाण्डेको स्वोरांकन रहेको छ ।
वरिष्ठ गीतकार भैरब नाथ रिमालका गीताहरुले जीवन जगतका आरोह अवरोह, दुख सुखका पाटा, नियती र विपत्तिका आयामलाई उजागर गरेको पाईन्छ ।
स्वर सम्राट नारायण गोपाल, अरुणा लामा, तारादवी, फत्तेमान, दीप श्रेष्ठ, अरुण थापा, मधु क्षेत्री जस्ता गायक गायिकाहरुले उहाँका शव्दमा आवाज भरेका छन् । गीतकार रिमालका केहि कालजयी गीतहरु जुन फूल मैले, हँ यात्री, जिन्दगीको पानभरी, उदास मेरो, तिम्रो सिउँदो सजाईदिने ….. जस्ता दर्जनौ गीतहरु रहेका छन ।
संगीतकार शुभ बहादुर सुनामले ७७५ भन्दा बढी गीतमा संगीत भरिसक्नु भएको छ । त्यसमा चलचित्र, भजन, आधुनिक, टिभी सिरियल, पप, बाल गीत, राष्ट्रिय गीत लगायत छन्।
तारा देवी श्रेष्ठ, प्रेम ध्वज प्रधान, मीरा राणा, अनुराधा पौड्याल, कविता कृष्णमुर्ति, कुमार बस्नेत, प्राश्ना शाक्य जस्ता परिचित गायकहरुले सुनामले भरेका संगितमा आफ्ना आवाज दिएका छन ।
रेलीमै रेलीमै रेलीमै, चिसो चिसो हावामा, हु यात्री एउटा, पर लैजाऊ फूलहरु, गोरेटो त्यो गाउको, यो नानी को शिरैमा….. जस्ता दर्जनौ गीतहरुमा संगीतकार शुभ बहादुर सुनामले संगित दिनुभएको छ ।
नेपाली सांगितिक क्षेत्रमा परिचित नाम हो गीत संयोजक देवेन्द्र नेवाको । ३० वर्ष लगातार नेपाली संगीमा समर्पित हुनुभएका नेवाले लगभग ८ हजार जति गीतलाई संयोजन गरिसक्नुभएको छ । पछिलो समय मदन कृष्ण श्रेष्ठले गाउनु भएको 'जीवनको पाना' गीत पनि नेवालेनै संयोजन गर्नुभएको हो । गायिका गीता पाण्डेको नयाँँ गीत ‘चाहेको बाटो'पनी उहाँलेनै संयोजन गर्नुभएको हो ।
“यो मेरो सौभाग्य हो, मैले नेपाली आधुनिक सङ्गीतका नक्षत्रहरू भैरब नाथ रिमाल कदम र शुभ बहादुर सुनाम जस्ता दिग्गज अग्रजसंग काम गर्ने मौँका पाएँ", गायिका गीता पाण्डेले भन्नुभयो, "साधुवाद संगीत संयोजक देवेन्द्र नेवाको सहयोग प्रति । आफुले सकेको राम्रो प्रस्तुत गरेकी छु र अझै धेरै सिक्दै जाने छु । यो गीत 'चाहेको बाटो हिड्न देउ मलाई' रचनाकार भैरब नाथ रिमाल 'कदम' र उहाँको परिवार प्रति समर्पण गर्न चाहन्छु ।"
कोरोनाको कहरका कारण गीतको भिडियो भने केही समय पश्च्यात आउने गायिका पाण्डेले जानकारी दिनुभयो ।