भैरहवा : सदाको वर्ष झैँ यस् वर्षको तिहारमा पनि हिमाली सामुदायिक सेवा केन्द्र भैरहवाद्वारा दीप प्रज्वलन गरिएको छ।
बिगत १३ वर्षदेखि तिहारमा दीप प्रज्वलन गर्दै आएको हिमाली सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा सिद्धार्थनगर ७,८ र ९ को आयोजनामा यो बर्ष पनि काग तिहार र कुकुर तिहारको दिन सिद्धार्थनगर भैरहवाको बुद्धचोकमा एक कार्यक्रमकाबीच दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।
सेवा केन्द्रका अध्यक्ष धुर्ब प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी उपरीक्षक मनोज कुमार केसी रहनुभएको थियो। त्यस्तै, विशिष्ट अतिथि सशस्त्र प्रहरी नायब उपरीक्षक सत्य थापा रहनुभएको थियो। सशस्त्र प्रहरी निरीक्षक सुबास तिमिल्सिना लगायत सेवा केन्द्रका सम्पुर्ण कार्यसमिति सदस्यहरुको उपस्थिति अतिथिको रुपमा रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिले आफ्ना भनाइहरु राख्दै बिगत लामो समयदेखि नै यस संस्थाले यसरी नै दीप प्रज्वलन गर्दै आएको र यो पटक पनि आफ्नो निरन्तरतालाई कायम राखेको हुँदा संस्थालाई धन्यवाद र बधाई दिनुभएको थियो।
"यो पर्व छुट्टै सांस्कृतिक महत्व बोकेको पर्व रहेको र दीप प्रज्वलन, जुन शान्तिका लागि गरिन्छ सो कार्यलाई बुद्धचोकमा रहेको बुद्धको मुर्तीको अगाडि गर्ने जुन परिपाटी मिलाउनु भएको छ यो निकै सराहनीय छ", प्रमुख अतिथि केसीले कार्यक्रममा बोल्दै भन्नुभयो, "यसले भैरहवा, रुपन्देही लगायत सिङ्गो देशलाई नै शान्ति भाइचारा जगाउँछ।"
साथै, यस्तो कार्यले सांस्कृतिक हिसाबले कुनै घट्ना हुन नदिने कुरा बताउँदै यो पर्व सबैले शान्तिसंग मनाउने र आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने कुरामा जोड दिदै प्रमुख अतिथि एवम् सशस्त्र प्रहरी उपरीक्षक मनोज कुमार केसीले आफ्ना भनाईहरु समाप्त गर्नु भएको थियो ।
कार्याक्रमको समुद्घाटन प्रमुख अतिथिद्वारा बुद्धको मुर्तिको आगाडी प्रथम दीप प्रज्वलन गरि गरिएको कार्यक्रमको संचालन संस्थाका सचिव विष्णु मरासिनिले गर्नुभएको थियो ।