बुटवल : बुटवलको श्री सिम्रिक कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १२ औं वार्षिक साधारण सभा तथा विशेष अधिवेशन सम्पन्न गरेको छ।
"वैज्ञानिक प्राणाली आपनाउँदै व्यवसायिक कृषि पेसा गरौं, आत्मनिर्भर बन्दै कृषि पेसालाई सम्मानित पेसामा स्थापित गरौं" भन्ने मुल नारालाई आत्मसात गर्दै बुटवल उपमहानगरपालिका १७ स्थित श्री सिम्रिक कृषि सहकारी संस्था लिमिटेड मोतिपुरले आफ्नो १२औं वार्षिक साधारण सभा तथा विशेष अधिवेशन आफ्नै भवनमा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष गणेश बहादुर रानाको सभापतित्वमा सम्पन्न साधारण सभामा प्रमुख अतिति बुटवल उपमहानगरपालिका प्रवक्ता साथै पुर्वाधार विकास समिती संयोजक राम प्रसाद रेग्मी रहनु भएको थियो। त्यस्तै, विशिष्ट अतिथिमा बुटवल १७ का वडा अध्यक्ष सन्त बहादुर राना, बुटवल १८ का वडा अध्यक्ष सुमित्रा गाहा, १९ का वडा अध्यक्ष हिम बहादुर खत्री रहनु भएको थियो।
कार्यक्रममा प्रभु बैंक अमरपथ शाखाका प्रबन्धक, ग्लोबल आइ.एम.ई मोतिपुर शाखाका प्रबन्धक, बुटवल उपमहानगरपालिका कृषि विकास शाखाका कृषि विकास अधिकृत,जनप्रतिनिधि,विधालयका प्रधानाध्यापक लगायत संस्थाका सल्लाहकारहरुको उपस्थित समेत रहेको थियो।
कार्यक्रमको समुदघाटन प्रमुख अतिथिद्वारा पानसमा बत्ती बालेर गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि रेग्मी, वडा न.१७ का अध्यक्ष,कृषि विकास अधिकृत, मोतिपुर खाने पानीका अध्यक्ष लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा अध्यक्षद्वारा प्रस्तुत प्रतिबेदन संस्थाका अध्यक्ष गणेश बहादुर गाहा ,लेखा समितिको प्रतिबेदन लेखा समिति संयोजक मनु पाण्डे तथा लेखापरिक्षकको प्रतिवेदन लेखापरिक्षक मधु प्रसाद खनालले प्रस्तुत गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य सस्थाका उपाध्यक्ष मान बहादुर थापाले राख्नु भएको थियो।
त्यस्तै,कार्यक्रमको संचालन सस्थाका सचिव टोप नारायण घिमिरेले गर्नु भएको थियो। संस्थाको अधिबेशन हुन केही समय लाग्ने कुरा संस्थाका अध्यक्ष गणेश बहादुर गाहाले जानकारी दिनुभयो ।