तस्वीर : पुर्वमन्त्री, सांसद तथा बर्दिया जिल्ला कांग्रेस पार्टी सभापति सञ्जय गौतम साथमा कांग्रेस नेता प्रकाशमान सिंह बर्दियामा कांग्रेसका संस्थापक नेता एवम् लौहपुरुष गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा सालीक अनावरण गर्ने क्रममा
बर्दिया । नेपाली कांग्रेस बर्दिया जिल्लाका सभापति तथा संघिय सांसद सञ्जय गौतमले बर्दिया कांग्रेसको नेतृत्व सबल, सक्षम र योग्य ब्यक्तिको हातमा जानुपर्ने बताउनुभएको छ । कांग्रेसका संस्थापक नेता एवम् लौहपुरुष गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा हिँजो बर्दियामा नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा गरिएको कार्यक्रममा उहाँले आफुले जिल्ला सभापतिको नेतृत्वबाट बिट मार्ने बेला आएकोले गाउँ देखी जिल्ला सम्मको नेतृत्व सबल, सक्षम र योग्य साथीको हातमा जानुपर्ने बताउनुभएको हो ।
पुर्व मन्त्री गौतमले कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भन्नुभयो, "मैले नेपाली कांग्रेस जिल्ला सभापतिको रुपमा लामो समयको यात्रा पार गरेँ । अब नयाँँ भूमिकाको खोजिमा छु, बिट मार्ने बेला भयो त्यसैले जिल्लाको नेतृत्व सबल, सक्षम र योग्य साथीको हातमा जाओस । गाउँ देखी जिल्ला सम्मकै नेतृत्व जिल्लाकै राम्रा साथीहरुले लिउन ।"
उहाँले बर्दिया जिलावासीहरुको धेरै संघर्षकारी ईतिहास भएकोले राष्टिय नेताहरुले साथ र सहयोग गरे बर्दियालाई कांग्रेसमय बनाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, "बर्दिया जिलावासीहरुको धेरै संघर्षकारी ईतिहास छ । राष्ट्रिय राजनीतिले बर्दियालाई समेट्न नसकेकाले त्यसको पिडा हामीहरुलाई छ । केन्द्रिय नेतृत्वले बर्दियाका कार्यकर्ताहरुलाई अलिकती मायाँ र अलिकती स्पर्श मात्र गरिदियो भने हामीले बर्दियालाई कांग्रेसमय बनाउन सक्छौँ ।"
उहाँले कांग्रेसको यो अधिवेशनलाई उत्साह र उमंगको रुपमा लिएर नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले फुटेर होइन जुटेर सबैलाई अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, "आदरणिय सम्पूर्ण साथीहरुलाई अनुरोध गर्छु हामीले यो अधिवेशनलाई उत्साहको रुपमा, उत्सवका रुपमा, पर्वका रुपमा, हाम्रो जीवनको आयामको रुपमा लिनुपर्छ । सौहाद्रपूर्ण ढंगले, व्यवस्थित तरिकाले अधिवेशन सम्पन्न गर्न सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।"