बर्दिया अक्सिजन बैंकका लागि ओराली बजारका व्यवसायीहरुले गरे आर्थिक सहयोग
बर्दिया । मधुबन नगरपालिका ओराली बजारका स्थानीय व्यवसायीहरुले "मेरो लागी अक्सिजन, मेरो योगदान" भन्ने मुलनाराका साथ जिल्लामा स्थापना भएको अक्सिजन बैंकलाई आर्थिक सहयोग गर्नुभएको छ ।
कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो क्रममा रहेको अवस्थामा संक्रमित बिरामीहरुलाई सहज रूपमा अक्सिजन उपलब्ध होस भनेर यहाँका स्थानिय व्यवसायीहरुले अक्सिजन बैंकलाई सामुहिक सहयोग गर्नुभएको हो ।
ओराली बजार ब्यवस्थापन समितिको नेतृत्वमा मधुबन नगरपालिका ओराली बजारमा ब्यावसाय गर्ने ब्यापारीहरुले पच्पन्न हजार पाँच सय आठ रुपैयाँ सहयोग गर्नुभएको छ ।
"यस्तो बिपत्तिको समयमा हामी सबैले सहयोग गर्नु पर्छ, मानव सेवा नै सबैभन्दा ठुलो धर्म हो; त्यसैले हामिले नगरे कस्ले गर्ने ?," ओराली बजार ब्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर ओलीले भन्नुभयो, "अक्सिजन चाहिने हामीलाई नै हो त्यसैले हामीसबै मिलेर सामुहिक सहयोग गरेका छौँ ।"
बर्दिया अक्सिजन बैंकमा सोह्र लाख अस्सि हजार जम्मा भैसकेको र सहयोग आउने क्रम जारी रहेको बैंकका संयोजक भेषराज पौडेलले जानकारी दिनुभएको छ ।
बर्दिया अक्सिजन बैंकलाई सहयोग गर्ने ओराली बजारका मनकारीहरु
(१)चित्र ब.ओलि रु.५००५|- (२)प्रबिण बराल रु..२७५०|-(३) प्रेम थापा मगर रु.५५००|-(४)बिनोद सुनार रु.३००५|-(५)प्रमोद बराल रु.२७५०|-(६) बालाराम डाङ्गि रु.३५३५|-(७)शम्भु शाह रु.१००५|-(८)अन्जु ढकाल रु.१०५०|-(९)गुड्डु इम्पोरियम रु.१०५०|-(१०)पदम ब.शाहि रु.१०५०|-(११)कोमल खरेल रु.३०००|-(१२)बिष्णु चौधरी रु.१०५०|-(१३)सुस्मा बोहरा रु.५५००|-(१४)संजय योगि रु.३०००|-(१५)सन्तराम योगि रु.२५००|-(१६)सन्तराम चौधरी रु.१५००|-(१७)राज ब.चौधरी रु.१०००|-(१८)लहानु चौधरी रु.१०००|-(१९)राजाराम चौधरी रु.८००|-(२०)रामलाल थारु रु.५००|-(२१)राम भक्त बि.सि.रु.१०००|-(२२)ढिकराम थारु रु.२१००|-(२३)विनय गौतम रु.२५२५|-(२४)सन्तोष चौधरी रु.३३३३|- जम्मा रु.५५५०८|-