हरि गुरुङ, सन्दिप योगी, बर्दिया । सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धीको बिरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ ।
कात्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको सो पार्टीको बर्दिया जिल्ला समितिले बर्दियाका उद्योगपति, यातायात व्यवसायी, शैक्षिक संस्था, व्यापारी, बुद्धिजीवी, मानवअधिकारकर्मी लगायत सम्पुर्ण बर्दिया जिलावासीहरुलाई एक्यवद्धता जनाउँदै सहयोग गर्न अपिल जारी गरेको छ ।
अपिलमा भनिएको छ,"राज्यले पेट्रोलियम पदार्थको मुल्यवृद्धी गरेको छ । यसको खारेजीकोलागी हाम्रो पार्टी शान्तिपूर्ण जनसंघर्षमा रहेको छ । यहि सन्दर्भमा हाम्रो पार्टीले कार्तिक ३० गते शान्तिपूर्ण नेपाल बन्दको घोषणा गरेको छ । बिगतमा जस्तै सहयोग, समर्थन र एक्यवद्धता जनाइदिनका लागी बर्दिया जिल्लाका सम्पुर्ण उद्योगपति, यातायात व्यवसायी, शैक्षिक संस्था, व्यापारी, बुद्धिजीवी, मानवअधिकारकर्मी, पत्रकार एवं सम्पुर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौँ ।"
हेर्नुहोस नेपाल कम्युनिस्ट पार्टी बर्दियाले जारी गरेको अपिल
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी बर्दिया जिल्ला कार्य समिती सदस्य तथा विद्यार्थी संगठनका अध्यक्ष हरि प्याकुरेलले नेपाल कागज संग कुरा गर्दै भन्नुभयो," हाम्रो पार्टीले बिहान ५ बजे देखि साँझ ५ बजे सम्म नेपाल बन्दको आव्हान गरेको छ । बर्दियाका सम्पुर्ण जनतालाई सहयोग र साथ दिन अनुरोध र अपिल गर्छौं ।"
आफ्नो पार्टीको आन्दोलनको स्वरुपबारे जानकारी दिँदै उहाँले अगाडि भन्नुभयो, "पेट्रोलियम पदार्थको मुल्यवृद्धिले न्यून आय भएका विपन्न बर्गलाई चर्को मारमा पारेको छ । पेट्रोलियम पदार्थ मात्र नभएर खाने तेल, ग्यास सिलिन्डरकोपनी मुल्यवृद्धी भएकोले आम जन-सर्वसाधारणलाई प्रत्यक्ष-परोक्ष रुपले असर पारेको छ । यसकाकारण भाडा दर बढ्न गएको छ भने स्वत: उपभोग्य सामानको मूल्यवृद्धी हुन पुगेको छ । तसर्थ जनताकोलागी गरिएको हाम्रो शान्तीपुर्ण नेपाल बन्दको कार्यक्रमलाई सहयोग र एक्यवद्धता जनाउन म अपिल गर्छु ।"
उहाँले बर्दियाका कार्यक्रम शान्तिपूर्ण हुने र नेपाल बन्द सफल पार्न सबै नेता कार्यकर्ताहरु फिल्डमा उत्रिसकेको बताउनुभयो ।
सरकारले पेट्रोल,डिजेल र मट्टितेलको मूल्य लिटरमै ३ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै,खाना पकाउने ग्यासको मूल्य पनि एक सिलिन्डरमा ७५ रुपैयाँ बढाईएको छ । मुल्यवृद्धी विरुद्ध ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको हो ।