बर्दिया । जिल्लाको मधुनवन नगरपालिका वडा नंवर ३ मा आजकोलागी तय गरिएको नेपाली कांग्रेसको वडा निर्वाचन फेरि स्थगित भएको छ । मधुवन- ३ धनौरा स्थित टेपरीताल सामुदायिक बन उपभोक्ता समुहको भवनमा सुचना टाँसी निर्वाचन स्थगित गरिएको जानकारी दिइएको छ ।
पटक-पटक निर्वाचनको मिती तोकिएतापनी यहाँ वडा निर्वाचन हुन नसकेको अवस्था छ । आज मंसिर २ गते बिहीवार हुने भनिएको निर्वाचन एकाएक निर्वाचन गराउन जिल्लाबाट खटिएका अधिकारीहरुले सुचना टाँसी स्थगित गरिएको जानकारी दिएका छन ।
जिल्लाबाट निर्वाचन गराउन पदम बहादुर डिसी र पुष्पराज लामिछानेलाई खटाइएको थियो ।
पदम बहादुर डिसीको हस्ताक्षर रहेको सुचनामा लेखिएको छ, "विविध कारणले तोकिएको समयमा निर्वाचन गर्ने बातावरण नभएकाले अर्को सुचना नआए सम्मकालागी स्थगित भएको सुचना सम्बन्धित सबैमा जानकारी गराइन्छ ।" सो सुचनामा पुष्पराज लामिछानेको हस्ताक्षर रहेको छैन ।
जिल्लाका एक प्रभावशाली नेताले दिएको जानकारी अनुसार कांग्रेसको निर्वाचनकालागी आएका मुख्य जिल्ला निर्वाचन अधिकारीहरुको अकर्मण्यता र ढुलमुले स्वभावका कारण निर्वाचन हुन नसकेको हो । जिलामा निर्वाचन गराउन लोकबहादुर शाहलाई खटाइएको छ । जिल्लामा निर्वाचन गराउन खटिएका शाहले निर्णय लिन नसक्दा पटक पटक निर्वाचन स्थगित भएको छ । उनका अनुसार बिबाद १२५ र १५५ नामावलिमा हो, केन्द्रबाट यदी १२५ आएको छ भने त्यसैमा निर्वाचन गराउनुपर्थ्यो र यदी १५५ आको छ भनेपनी त्यसैमा निर्वाचन गराउनुपर्थ्यो । १२५ वा १५५ मध्यमा उनिहरुलाई केन्द्रिय निर्वाचन समितिले जुनमा सहमति दिन्छ वा दिएको छ त्यसैमा निर्वाचन गराउनुपर्थ्यो । तर निर्वाचन गराउनुको सट्टा सुचना टाँस गरेर निर्वाचन स्थगित गरिनु राम्रो नभएको ति नेताको भनाइ छ ।
स्रोतका अनुसार मधुवन नगरपालिका वडा नंवर ३ लाई छाडेर मधुवनको नगर अधिवेशनको तयारी भित्री रुपमा सुरु भइसकेको छ । अर्का एक जिल्ला नेताले दिएको जानकारी अनुसार एउटा वडाको कारण नगर, क्षेत्र र जिल्ला अधिवेशननै नगर्ने भन्ने कुरा हुँदैन । बिबादित वडालाई छाडेर अधिवेशन अन्तर्गतका बाँकी निर्वाचन सुरु हुन्छन । उनका अनुसार नेताहरुका बिच एउटा वडाका कारण सम्पूर्ण प्रकृयालाई नै अनिर्णयको बन्धी नबनाउने सहमति भएको छ र सोही अनुसार आगामी दिनको राजनीति अगाडि बढ्ने ति नेताको दाबी छ ।