बर्दिया । यु के एड सिप परियोजनाको सहयोग र सानाकिसान विकास लघुवित्त वित्तीय संस्थालि. इलाका कार्यालय नेपालगन्जको आयोजनामा दोस्रो चरणको ७दिने उद्यमशिलता विकास तालिम सम्पन्नभएको छ ।
इलाका कार्यालयका इलाका प्रबन्धक शेर बहादुर चौधरीको अध्यक्षतामा संचालनभएको तालिमको उद्घाटन प्रमुख अतिथी सानाकिसान विकास लघुवित्त वित्तीय संस्थालि. सिप परियोजना संयोजक कृष्ण अर्यालले गर्नुभएको थियो ।
२०७८ कार्तिक २८ गते उद्घाटन भएको तालिममा बाँके जिल्लाका ६ वटा, रोल्पा जिल्लाका २ वटा र बर्दीया जिल्लाका १ वटा सनाकिसान कृषि सहकारी संस्थालि.बाट वैदेशीक रोजगार वा इजरायबाट फिर्ता आएका कृषि प्रशिक्षार्थीहरु मध्ये हालव्यवसायमा संलग्न सदस्य वा परिवारका छोराछोरी मध्येबाट १९ जना, सहकारी संस्थाका ३ जना कर्मचारीहरु र सानाकिसान लघुवित्त वित्तीय संस्थाका २ जना कर्मचारीहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबाट प्रशिक्षकहरु सुन्दरश्याम घिमीरे र राजबहादुर चौधरीकोे प्रशिक्षकत्वमा सञ्चालनभएको तालिम कार्यक्रमको सञ्चालन इलाका कार्यालयका अधिकृत पदमराज रेग्मीले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी सिप परियोजना संयोजक कृष्ण अर्यालले सहभागिहरुले बनाएको आ–आफ्नो व्यवसायको व्यवसायीक योजनाको मूल्यांकन गरी पृष्ठ पोषण प्रदान गर्नुभएको थियो ।
त्यस्तै उहाँले वैदेशीक रोजगारीमा जाने सानाकिसान परिवारमा वैदेशीक रोजगारीमा जाँदा सुनौलो भविष्य कर्जा प्रदानगर्ने र सो कर्जा बराबरको दुर्घटना बिमा बापतको अनुदान सिप परियोजना मार्फत उपलब्ध गराउनुका साथै वैदेशीक रोजगारबाट फर्किनुभएका सानाकिसान परिवारभित्र समृद्धी कर्जा र सिप परियोजना अन्तर्गतका तालिम कार्यक्रमहरुको बारेमा जानकारी दिनुभएको थियो ।
तालिम कार्यक्रममा सहभागिहरुको तर्फबाट बालिका शर्मा, गायत्री खत्री र जनक बहादुर घर्ती क्षेत्रीले आफ्नो भनाईहरु राख्दै तालिम कार्यक्रम व्यवसाय संचालनको लागि उपलब्धी मूलक भएको र यसरी योजना अनुसार व्यवसाय सञ्चालनगर्न सके व्यवसायमा सफलता हाँसिल गर्न सक्ने साथै तालिमले व्यवसाय सञ्चालन गर्न आत्मविश्वास बढेको बताउनुभएको थियो ।
समापन कार्यक्रममा इलाका कार्यालयबाट कर्मचारीहरु पारश मणी मिश्र र योगराज जोशीको समेत उपस्थिती रहेको थियो । ७ दिने तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा प्रयोग गर्न सुझाव दिँदै इलाका कार्यालय नेपालगन्जका इलाका प्रबन्धक शेर बहादुर चौधरीले उक्त कार्यक्रम समापन गर्नुभएको थियो ।