बर्दिया । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तरगत बर्दिया जिल्लाको मधुवन नगरपालिकामा भएको गाउँ/नगर अधिवेशनमा पार्टी सभापति शेर बहादुर देउबा पक्षको वर्चश्व देखिएको छ ।
मधुवन नगरपालिकामा आज मंसिर ५ गते सम्पन्न भएको अधिवेशनमा पार्टी सभापति शेर बहादुर देउबा पक्षका डम्बर बहादुर केसी नगर सभापतिमा निर्वाचित हुनुभएको छ ।
८६ मत प्राप्त गर्दै केसी विजयी हुनुभएको छ भने उहाँको सम्पूर्ण प्यानल विजयी भएको छ । १५३ मतदाता रहेको उक्त निर्वाचनमा १५० मत खसेको थियो भने एक मत बदर भएको थियो, १४९ मत सदर भएको थियो ।
डम्बर बहादुर केसीका प्रतिद्वन्दी पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका प्रेम बहादुर गुरुङले ६३ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै उपसभापतीमा देउबा पक्षकि अनिता चौधरीले ८२ मत, सन्तराम चौधरीले ७६ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।
त्यस्तै सचिवमा देउबा पक्षका कुल बहादुर खड्का क्षेत्री र लक्ष्मण पाण्डे विजयी हुनुभएको छ ।
सह-सचिवमा देउबा पक्षका भुपती सुबेदी र यमराज कोइराला विजयी हुनुभएको छ ।
त्यस्तै प्रदेश प्रतिनिधिमा देउबा पक्षका धनी राम गौतम र प्यारी चौधरी विजयी हुनुभएको छ ।
हेर्नुहोस् निर्वाचन समितिले गरेको निर्णय