बर्दिया । नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत बर्दिया क्षेत्र नम्वर २ (क) प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । मंगलबार सम्पन्न अधिवेशनले मतदान मार्फत प्रदेश सभा क्षेत्रीय कार्यसमितिको नेतृत्वको टुङ्गो लगाएको हो ।
सभापति पदमा डबल सिंह साउद निर्वाचित हुनुभएको छ । मतदाता संख्या ४०५ रहेकोमा ४०० मत खसेको थियो भने साउदले २०३ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै उहाँका प्रतिद्वन्दी नवराज न्यौपानेले १८९ मत पाउनुभएको थियो ।
उपसभापति पदमा दशुराम थारु २०१, बसन्ती के.सी. २०२ मत प्राप्त गरी विजय भएका छन् । सचिव पदमा अम्मर बहादुर के.सी. १९५, माघुराम थारु १९४ मत प्राप्त गरी विजय भएका हुन् । सहसचिव पदमा कृष्ण बहादुर परियार १९८ र टोपलाल पाण्डे १९२ मत ल्याई विजयी हुनुभएको छ।
त्यस्तै प्रदेस अधिवेशन प्रतिनिधि सदस्य खुल्लामा सुरेश राज योगीले १९२ अर्जुन शाही १९६, अमिन थारु १९१, कमल प्रसाद चपाई १८८, कृष्ण बहादुर के.सी. १८९, विशेष गौतम १८६, कमल बहादुर बिष्टले १७९ मत ल्याई विजयी हुनुभएको छ।
खुला महिला सदस्यमा चन्द्र कुमारी थापा १९१, रिता कुमारी थारु १९४, साबित्री ढुंगाना १८१ मत ल्याइ विजयी हुनुभएको छ ।
खसआर्य सदस्य हरि बहादुर थापा १९१, खस आर्य महिला उमा कुमारी क्षेत्री १९०, दलित सदस्य गगन सिंह सुनार २००, थारु सदस्य खुला तर्फ हरि राम थारु १८७, हरिप्रसाद थारु २००, थारु महिला सदस्य रामरानी थारु १९६ , अल्पसंख्यक/ अपांग सदस्य राज बहादुर चौधरी २०० मत ल्याइ विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
क्षेत्रिय कार्यसमिति खुला सदस्यहरुमा उदय बहादुर खत्री २००, कुशब कुमार थापा क्षेत्री १९५ मत ल्याई विजयी हुनुभएको छ । क्षेत्रिय कार्यसमिति महिला सदस्यमा मनिषा गुरुङ्ग विजयी हुनुभएको छ।