बर्दिया । नेपाली कांग्रेस बर्दिया क्षेत्र नं १ को सभापतिमा मुक्ति नाथ यादव निर्वाचित हुनुभएको छ ।
पार्टीको १४औँ महाधिवेशअन्तर्गत सम्पन्न क्षेत्रीय अधिवेशनमा गुलरिया नगरपालिकाका नगर प्रमुख समेत रहनुभएका उहाँले ३७१ मत प्राप्त गर्नुभएको थियो ।
उहाँका प्रतिद्वन्द्वी शम्भु प्रसाद रिजालले ३४९ मत ल्याउनुभएको थियो
कुल मतदाता संख्या ७७१ रहेकोमा ७४७ मत खसेको थियो ।
सचिव पदमा मनोज कुमार यादव (३७०), भुपेन्द्र बहादुर वली (३५०), सहसचिवमा ईन्द्रजित वुढाथोकी (३९१), गोरख बहादुर खत्री (३५४) मत प्राप्त गरी विजयी भएका छन् । प्रत्यक्ष महिला पदमा माया कुमारी पौडेल (३८२) तथा खुला पदमा अक्कल बहादुर खत्री (३८८), शोभा भण्डारी थापा (३४८) र शेरबहादुर शाही (३४५) मत प्राप्त गरी विजयी भएका हुन् ।
सदस्य खसआर्य रमेश विष्ट (३८३), मधेसी विवेकानन्द पाठक (३६१), दलित भागीरथ सुनार (३६६), थारु महिला रामप्यारी थारु (३४२) सदस्य खुला श्रीकृष्ण थारु (३८५), राधेश्याम थारु (३६८), अल्पसंख्यक अपांग लक्ष्मण आचार्य (३६८) मत प्राप्तगरी विजय छन ।
केन्द्रिय महाधिवेशन प्रतिनिधि खुला पदमा संजयकुमार गौतम (४२२), भुवनेश्वर चौधरी (३८२), विजयदत्त देवकोटा (३४४), अमृत देवकोटा (३३६), गोपीप्रसाद पराजुली (३३२), टुकराज घिमिरे (३२९), ज्ञानेन्द्र बहादुर रावल (३२७), गंगाधर पौडेल (३२०), काशीराम थारु (३१५) र महेन्द्रकुमार शर्मा (३१३) मत प्राप्त गरी विजय भएका हुन् । महिला प्रतिनिधितर्फ सावित्री गौतम (३७५), जावेदा खातुन जागा (३५१), पवित्रा कुमारी अर्याल (३३९) र टिका अधिकारी (३३८) मत प्राप्त गरी विजयी भएका छन् ।
खस आर्य महिला केन्द्रिय महाधिवेशन प्रतिनिधिमा सावित्रा गौतम (३४५), खसआर्य खुला देवीलाल न्यौपाने (३६०), आदिवासी जनजाती खुला पुष्पलाल श्रेष्ठ (३८०), मधेसी खुला देवकीनन्दन त्रिपाठी (३९२), दलित खुला भिमलाल विश्वकर्मा (३६९), थारु महिला विन्दु कुमारी चौधरी (३८९), रत्ना चौधरी (३६६), थारु खुला मोहनलाल थारु (३७६), राधेश्याम थारु (३६९), मुस्लिम खुला महवुव खाँ (सरदार), अल्पसंख्यक अपांग मोहम्मद याकुव हलुवाई (३७३) मत प्राप्त गरी विजय भएका हुन् ।