हरि गुरुङ, सन्दिप योगी बर्दिया । नेपाली कांग्रेस बर्दिया प्रतिनिधि सभा क्षेत्र नं २ को सभापतिमा दिपक जंग शाह निर्वाचित हुनुभएको छ ।
पार्टीको १४औँ महाधिवेशअन्तर्गत सम्पन्न क्षेत्रीय अधिवेशनमा शाहले ५८० मत प्राप्त गर्नुभएको छ ।
उहाँका प्रतिद्वन्द्वी रमन कुमार रेग्मीले २६४ मत ल्याउनुभएको छ ।
कुल मतदाता संख्या ८५३ रहेकोमा ८३३ मत खसेको थियो ।
सचिव पदमा गणेश प्रशाद आचार्य ५६९, छप्पुराम चौधरी ५९८, सहसचिवमा धनीराम गिरी ५४६, मिन बहादुर थापा ५५८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
खुला महिला सदस्यमा अप्सरा चोखाल ५५१, खुला सदस्यमा श्री कृष्ण थारु ५४२, राम प्रशाद चौधरी ५२२, सन्तराम थारु ५०४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
खसआर्य खुला सदस्य खटक बहादुर शाह ५२६, सदस्य दलित बम बहादुर बिक ५३२, सदस्य थारु महिला ब्रिहस्पती चौधरी थारु ५५५, बिष्णुदेवी चौधरी ५४०, सदस्य थारु खुला जगत राम थारु ५७३, पुना राम थारु ५५३, सदस्य अल्पसंख्यक अपांग मुस्लिम मधेशी आदिवाशी जनजाती बिष्णु थापा ५२५ मत ल्याइ विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
त्यसै गरी महाधिवेशन प्रतिनिधि सदस्य खुला महिला पदमा तुल्सी पुन मगर ५१५, सरस्वती शाह ५५५, सरिता शर्मा ४८०, हिमा कुमारी थरुनी ५५४, महाधिवेशन प्रतिनिधि सदस्य खुला पदमा अरुण प्रकाश राठोड ५५७, जग्गा प्रशाद पाण्डे ५०४, जंग बहादुर मल्ल(जीवन)४९०, जमान सिंह केसी ५३५, जन्मजय तिमील्सिना ५४०, विनय रावल ४५२, भद्र बहादुर शाही ४१७, मकर बहादुर सिजापती ४०७,राम चन्द्र थापा ४५४, हरिहर गौतमले ४७० मत प्राप्त गरी विजय प्राप्त गर्नुभएको छ ।
खस आर्य महिला केन्द्रिय महाधिवेशन प्रतिनिधिमा राजु बडुवाल खत्री ५३६, खस आर्य केन्द्रिय महाधिवेशन प्रतिनिधिमा खुला जनक धामी ५४१, महाधिवेशन प्रतिनिधि आदिवासी जनजाती खुला सदस्यमा मेक बहादुर गुरुङ ५४२, महाधिवेशन प्रतिनिधि दलित खुला पर्शुराम सुनार ४६०, महाधिवेशन प्रतिनिधि थारु महिलामा तारा चौधरी ५७५, प्रतिमा चौधरी ५५१, श्याम कुमारी चौधरी ५६२, महाधिवेशन प्रतिनिधि सदस्य थारु खुला पदमा पर्शुराम चौधरी ५६४, फुलाराम थारु ५५५, मिन राज चौधरी ५५५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।