"घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौ" नाराका साथ बिहीवार देखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइदैछ । बिगतका बर्ष झै यस बर्ष पनि आ आफ्नो क्षेत्रहरूमा तीनै तहका सरकारले विभिन्न औपचारिक कार्यक्रमका बिच महिला हिंसाका विरुद्ध कार्यक्रम आयोजना गरेका, सरकारका बिषयगत मन्त्रालय, एवं कार्यालयहरुले र महिलाको हितमा क्रियाशिल विभिन्न संघ संस्थाहरुले समेत आ-आफ्नो नीति एवं कार्यक्रम अनुसारको चेतना एवं अभियान संचालन गरि रहेका छन । प्रत्येक बर्ष मनाइने यस्ता अभियानले ब्यक्ति, परिवार र समाजलाई महिला प्रति थप संवेदनशील र जिम्मेवार बन्न प्रेरित गरेको छ ।
नेपाल मा २०५४ साल देखि महिला हिंसा विरुद्धको अभियानका लागि निरन्तर प्रयासरत रहेता पनि दुरदराज मात्र होइन आधुनिकतामा रमाएका राजधानी लागायतका सम्भ्रान्त शिक्षित वर्ग बिचमा समेत महिला हिंसा कायमै रहेको पाइन्छ । औसतमा २०देखि २५ वटा घटना प्रती दिन महिला आयोगको हेल्पलाइनमा आउने उजुरी एवं नेपाल प्रहरीमा प्रत्येक बर्ष दर्ता हुने १८ देखि २० हजार महिला हिंसा सम्बन्धित उजुरी यसका बलिया उदाहरणका रुपमा रहेका छ्न ।
सार्वजनिक वा निजि जिवनमा महिला माथी हुने शारीरिक, मानसिक, यौनजन्य हिंसा हो महिला माथिको हिंसा । यस्ता हिंसा पारिवारिक र सार्वजनिक रूपमा रहेकोे हुन्छ । अझ गम्भीर बिषय त महिला माथी हुने हिंसा मध्ये करिव ८० प्रतिशत घर परिवारबाट हुने गरेको तथ्यांक रहेको छ ।
अशिक्षा, गरिबी, अन्धबिश्वास, परम्परागत कुरिती, कुसंस्कार यसका मुख्य कारक रहेकोमा हाल बढदो बिदेशी संस्कार, वैदेशिक रोजगार, ईन्टरनेट एवं प्रबिधिको गलत प्रयोगका कारण ब्यक्ति परिवार र समाजमा परेको प्रभावले महिला हिंसाका घटनामा वृद्धि मात्र गरेको छैन परिवार र समाज बिखन्डन गरेको छ । यस बिषयलाई गहन रुपले लिने हो भने समाजशास्त्र बिषयका लागि छुट्टै खोजको बिषय हुन सक्छ ।
२१ औ शताब्दीमा बिश्वले शिखर चुमिरहेको सन्दर्भमा महिला हिंसाका अनगिन्ती घटना घर घरबाट अन्त हुन नसक्नु दु:खद पुर्ण छ । संविधान र अन्य कानुनमा लेखिएका अधिकार आफैमा तब मात्र क्रियाशिल र चलायमान हुन्छन जब प्रत्येक नागरिकमा अरु लिङ्ग र वर्ग प्रतिको सम्मान र आदर भाव रहन्छ । यसका लागि तिनै तहका सरकार गम्भीरता पुर्वक लाग्नु पर्दछ ।