बर्दिया । मधुवन नगरपालिकाको लामो समयको अथक प्रयास सफल भएको छ । नगरपालिकाका नगर प्रमुख गणेश बहादुर केसी (कृष्ण)ले देखेको सपना साकार भएको छ । यस् अघी नेपाल कागज संग कुरा गर्दै केसीले आफ्नो सपना नगरवासिकालागी अस्पातल खोल्नु रहेको बताउनुभएको थियो । उहाँले तत्कालिन समयमा नगरवासीकालागी स्वास्थ्यमा पहुँच स्थापना गर्न आफ्नै नगरमा अस्पातल निर्माण गर्ने सपना देख्नुभएको थियो ।
कोरोना महामारीका बखत नगर प्रमुख केसीले आफ्ना नगरवासीले देखेको र भोगेको दु:ख महसुस गर्दै नगरमा एउटा अस्पातलको खाँचो महसुस गर्नुभएको थियो । सोही योजना बमोजिम नगरपालिकाका ९ वटै वडालाई साथमा लिँदै नगरपालिकाका जनताकालागी शुक्रबार १० गते अस्पातल निर्माणको चरणको सुरुवात भएको छ ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सूचना प्रबिधि मन्त्री तिलक शर्मा(हिमाल)ले शुक्रबार एक कार्यक्रमका बीच मधुवन नगर अस्पातलको शिलान्यास गर्नु भएको छ । उक्त कार्यक्रममा बोल्दै मन्त्री तिलक शर्मा(हिमाल)ले भन्नुभयो, "प्रकृति मानिस भन्दा ठुलो छ । यस अस्पतालले दुर्गम क्षेत्रका बासिन्दाहरुलाई शुलभ तरिकाले सेवामूलक काम गरोस्, मेरो शुभकामना र समयमा सम्पन्न होस ।
त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस मधुवन नगर समिती सचिव लक्ष्मण पाण्डेले स्थानीय सरकारले गरेका हरेक राम्रो कामलाई नेपाली कांग्रेसले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कोभिड १९ को महामारीका बेला मधुवन नगरपालिकाका १५ जनाले ज्यान गुमाएपछि अस्पातलको आवश्यकताको बोध भएको बताउँदै मधुवन नगरपालिकाका नगर प्रमुख गणेश बहादुर केसी (कृष्ण)ले आफ्नै लगानिमा अस्पताल निर्माण गर्ने मधुवन नगरपालिका लुम्बिनी प्रदेशकै पहिलो पालिका भएको बताउनुभयो ।
मधुवन नगर अस्पताल दुई बर्ष भित्र सम्पन्न हुने गरि रोयल- प्रशंसा ब्ल्याक बक जे.भि. गुलरिया -६ बर्दियाले नगरपालिकासंग सम्झौता गरेको छ ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सूचना प्रबिधि मन्त्री प्रमुख अतिथि, बिशेष अतिथि मधुवन नगरपालिका नगर उप-प्रमुख सुवरानी थारु, अतिथि मधुवन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, ने.क.पा. एमाले नगर अध्यक्ष दुर्गा बहादुर वली, नेपाली कांग्रेस नगर सचीव लक्ष्मण पाण्डे, ने.क.पा. माओवादी केन्द्र नगर अध्यक्ष हरिहर चौधरी, ने.क.पा.समाजवादी नगर अध्यक्ष दुर्गा रिमाल, रा.प्र.पा. नगर प्रतिनिधि कृष्ण न्यौपाने, संघीय समाजवादी पार्टी नगर प्रतिनिधि राम कुमार चौधरी, मधुवन नगरपालिकाका ९ वटा वडाका वडाध्यक्ष, बिध्यालय ब्यवस्थापन समिति अध्यक्ष ने.रा.मा.बि.ढोढरीका विनोद चौधरी, ईलाका प्रहरी कार्यालय ढोढरीका प्रमुख प्रहरी निरीक्षक राजन कुमार गौतम लगायतको उपस्थिती रहेको थियो ।