बाँकेमा कोरोना संक्रमणका कारण थप १५ जनाको मृत्यु, अहिलेसम्म बाँकेका २६७ र बाहिरी जिल्लाका २२२ जनाको मृत्यु
नेपालगन्ज । बाँकेमा साढे १८ घण्टामा कोरोना संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ । दुई वटा अस्पतालमा उनीहरूको मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ८ जना र भेरी अस्पतालमा ७ जनाको मृत्यु भएको छ । मृतक मध्ये बाँकेका मात्र ८ जना छन् । त्यस्तै सल्यान र कैलालीका २/२ जना तथा बर्दिया, प्युठान र दाङका १/१ जनाको मृत्यु भएको छ ।
भेरी अस्पतालमा उपचाररत नेपालगन्ज १० का ७१ वर्षीय पुरुष, कालिमाटी २ सल्यानका ३४ वर्षीय पुरुष, नेपालगन्ज १३ की ६३ वर्षीया महिला, खजुरा ७ बाँकेका ४८ वर्षीय पुरुष, लम्कीचुहा ३ कैलालीका ६७ वर्षीय पुरुष, खजुरा ३ बाँकेका ६७ वर्षीय पुरुष र कपुरकोट ४ सल्यानका ४४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत स्वर्गद्वारी ५ प्युठानका ४० वर्षीय पुरुष, घोराही ५ दाङकी ३५ वर्षीया महिला, घोडाघोडी १० कैलालीकी ४० वर्षीया महिला, गुलरिया ६ बर्दियाकी ५५ वर्षीया महिला, राप्तीसोनारी ३ बाँकेका ३३ वर्षीय पुरुष, राप्तीसोनारी ८ बाँकेकी ५५ वर्षीया महिला, बैजनाथ ६ बाँकेका २५ वर्षीय पुरुष र बैजनाथ ४ बाँकेकी ४३ वर्षीया महिलाको मृत्यु भएको छ ।
यो संगै कोरोनाबाट बाँकेका २६७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २२२ जनाको मृत्यु भएको छ ।