रुपन्देही । रुपन्देही व्यापार संघ सेमलार शाखाको १० औं साधारण सभा एवम् ५ औं अधिबेशन सम्पन्न भएको छ । “स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहर देखि गाउँ सम्म व्यापार बिस्तार” भन्ने मूलनाराका साथ २०७८/९/३ गते शनिबार बुटवल उपमहानगरपालिका वडा न.१५ नमुना टोल बिकास सस्था महदैयामा स्थित जेष्ठ नागरिकको सभाहलमा एक कार्यक्रमका बिच सम्पन्न गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि एबं रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले आफ्नो मन्तब्य राख्दै सेमलार शाखाले अहिले सम्म गर्दै आएको कामको उच्च मूल्याकंन गर्दै आवश्यक परेको खण्डमा रुपन्देही व्यापार संघले शाखालाई हरेक काममा सहयोग गर्ने र रुपन्देही व्यापार संघ सेमलार शाखाको भवन निर्माणमा केन्द्रले पुर्ण रूपमा सहयोग गर्ने बताउनुभयो ।
अध्यक्ष लोहनीले अब आउने अधिवेशन सेमलार शाखाले आफ्नै भवनमा गरोस भन्ने मनसाय राख्नुभयो । अबको केही महिनामै रुपन्देही व्यापार संघले बुटवलको प्रादेशिक अस्पतालमा आफ्नो छुट्टै ब्लड बैंक स्थापना गर्ने कुरा बताउनुभयो । सेमलार शाखा बाट पुर्ण सहयोको अपेक्षा गरेको उहाँले बताउनुभयो ।
यसै गरि रुपन्देही व्यापार संघका बरिस्ठ उपाध्यक्ष एवम् कार्यक्रमका बिशिष्ट अतिथि कृष्ण घिमिरेले सेमलार शाखा अन्य शाखा भन्दा जागरुक शाखा भएको र सेमलार शाखाका हरेक प्रस्ताव निस्फिक्री स्वीकार गर्ने कुरामा प्रकाश पार्नु भयो ।
यस्तै रुपन्देही ब्यापार संघका महासचिव दया भण्डारी, बुटवल उपमहानगरपालिकाका प्रवक्ता एवम् बुटवल १६ का वडा अध्यक्ष रामप्रसाद रेग्मी, रुपन्देही व्यापार संघ सेमलार शाखाका सदस्य चण्डेश्वर कंडेल, संघका पुर्ब अध्यक्ष तथा सल्लाहकार बेदा निधि रिजाल, संघका पुर्ब अध्यक्ष तथा सल्लाहकार नगेन्द्र आचार्य, सेमलार खाने पानीका अध्यक्ष बुद्धि ढकाल लगाएतले मन्तब्य राख्नु भएको थियो । उक्त बार्षिक साधारण सभामा संघका अध्यक्ष देवि प्रसाद शर्माले अध्यक्षको प्रतिबेदन र सचीव मुकुन्द भट्टराईले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नु भएको थिए ।
कार्यक्रम रुपन्देही व्यापार संघ सेमलार शाखाका अध्यक्ष देवि प्रसाद शार्माको अध्यक्षतामा प्रमुख अतिथि रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनि, बिशिष्ट अतिथिहरुमा बुटवल उपमहानगरपालिका प्रवक्ता तथा १६ का वडा अध्यक्ष रामप्रसाद रेग्मी, १५ का वडा अध्यक्ष डम्बरबहादुर भण्डारी, १४ का वडा अध्यक्ष ददिराम न्यौपाने, रुपन्देही ब्यापार संघका बरिस्ठ उपाध्यक्ष कृष्ण घिमिरे साथै अतिथीहरुमा क्रमश संघ रुपन्देहिका महासचिव दया निधि भण्डारी, संघ रुपन्देहीका सदस्य पुर्ण काफ्ले, रुपन्देही ब्यापार संघ सेमलार शाखाका सस्थापक अध्यक्ष गोपाल पौडेल, संघका पुर्ब अध्यक्ष तथा सल्लाहकार बेदा निधि रिजाल, संघका पुर्ब अध्यक्ष तथा सल्लाहकार नगेन्द्र आचार्य, संघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार फणि आचार्य, सेमलार खाने पानीका अध्यक्ष बुद्धि ढकाल लगायत सेमलारका सम्पूर्ण ब्यबसायीहरुको सहभागिता रहेको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि द्वारा पानसमा बत्ति बालेर गरिएको थियो भने संघकि उपाध्यक्ष सबिता खरेलको स्वागत तथा संघका कार्यसमिति सद्स्य ईश्वर पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
अधिबेशनको दोस्रो सत्र अर्थात बन्द सत्रको निर्वाचन मण्डलमा संघका पुर्ब अध्यक्ष तथा सल्लाहकार नगेन्द्र आचार्यको संयोजकत्वमा दुई सदस्य संघका पुर्ब अध्यक्ष तथा सल्लाहकार बेदा निदि रिजाल साथै रुपन्देही ब्यापार संघका सदस्य पुर्ण काफ्ले द्वारा देबि प्रसाद शर्माको नेतृत्वमा नयाँ कार्यसमिती सर्वसहमितीले चयन गरेको थियो । जस्मा अध्यक्ष देबि प्रसाद शर्मा, उपाध्यक्ष सबिता खरेल, सचिब मुकुन्द भट्टराई, सह-सचिब इश्वोरी पौडेल, कोषादक्ष सुर्य प्रसाद काफ्ले, सदस्यहरुमा खगेस्वर रिजाल, डिला कंडेल, बुद्धि बिनोद घमाल र रिता पौडेल गरि नौ समिती चयन गरेको छ।