नेपाल प्रेस युनियनद्वारा संसद विघटन गरेकोमा भत्र्सना, भन्यो- इतिहासले कहिल्यै क्षमा दिने छैन
नेपाल प्रेस युनियनले प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले संसद विघटन गरेकोमा भत्र्सना गरेको छ । युनियनले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले लोकतान्त्रिक विधि, पद्धति र मान्यता लाई कुल्चदै अधिनायकवादी र सर्वसत्तावादी चरित्र प्रस्तुत गरेको बताएको छ ।
"प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपतिबाट २०७८ साल जेठ ६ गते शुक्रबार दोस्रोपटक संसद विघटन गरिएकोमा नेपाल प्रेस युनियन घोर भत्र्सना गर्दछ । लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम जननिर्वाचित सरकार दुईतिहाइबाट सामान्य बहुमत हुँदै अल्पमतमा परेको प्रधानमन्त्री स्वयम्ले स्वीकार गरेको तथ्य हो । बिश्वासको मत लिन नसक्ने प्रधानमन्त्रीले राजीनामा गर्नु उसको वैधानिक दायित्व हो । तर यस विपरीत प्रधानमन्त्रीले लोकतान्त्रिक विधि, पद्धति र मान्यता लाई कुल्चदै अधिनायकवादी र सर्वसत्तावादी चरित्र प्रस्तुत गरेका छन् ।", प्रेस विज्ञप्तिमा भनिएको छ, "अर्कातिर बैधानिकता र नैतिक आचरण गुमाएको प्रधानमन्त्रीको बहुलट्टी सिफारीशका आधारमा संविधानका संरक्षक समेत रहेका राष्ट्रपतिले आफ्नो पदीय गरिमाको अवमूल्यन हुने गरी वैकल्पिक सरकारको बाटो रोक्ने र संसद विघटन गर्ने कार्य गरेर तत्कालीन महाराज ज्ञानेन्द्रकै पथ अनुशरण गरेकी छिन् । राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भएको यो असंवैधानिक र प्रतिगामी कदमले संविधानको चिरहरण गरेको छ । यस निम्ति उनीहरुलाई इतिहासले कहिल्यै क्षमा दिने छैन ।"
नेपाल प्रेस युनियन केन्द्रीय समितिको मिति २०७८ साल जेष्ठ ९ गते बसेको बैठकले गरेका निर्णयहरुः
१. प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपतिबाट २०७८ साल जेठ ६ गते शुक्रबार दोस्रोपटक संसद विघटन गरिएकोमा नेपाल प्रेस युनियन घोर भत्र्सना गर्दछ । लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम जननिर्वाचित सरकार दुईतिहाइबाट सामान्य बहुमत हुँदै अल्पमतमा परेको प्रधानमन्त्री स्वयम्ले स्वीकार गरेको तथ्य हो । बिश्वासको मत लिन नसक्ने प्रधानमन्त्रीले राजीनामा गर्नु उसको वैधानिक दायित्व हो । तर यस विपरीत प्रधानमन्त्रीले लोकतान्त्रिक विधि, पद्धति र मान्यता लाई कुल्चदै अधिनायकवादी र सर्वसत्तावादी चरित्र प्रस्तुत गरेका छन् । अर्कातिर बैधानिकता र नैतिक आचरण गुमाएको प्रधानमन्त्रीको बहुलट्टी सिफारीशका आधारमा संविधानका संरक्षक समेत रहेका राष्ट्रपतिले आफ्नो पदीय गरिमाको अवमूल्यन हुने गरी वैकल्पिक सरकारको बाटो रोक्ने र संसद विघटन गर्ने कार्य गरेर तत्कालीन महाराज ज्ञानेन्द्रकै पथ अनुशरण गरेकी छिन् । राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भएको यो असंवैधानिक र प्रतिगामी कदमले संविधानको चिरहरण गरेको छ । यस निम्ति उनीहरुलाई इतिहासले कहिल्यै क्षमा दिने छैन ।
एउटा व्यक्तिको अधिनायकवादी आकांक्षा पुरा गर्न आफूलाई निर्वाचित गर्ने जनप्रतिनिधिमुलक सर्वोच्च संस्था संसदको अस्तित्व नै अस्वीकार गर्ने राष्ट्र प्रमुख र सरकार प्रमुखबाट संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको हाम्रो निष्कर्ष छ । यस परिस्थितिमा ऐतिहासिक संविधानसभाबाट जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले प्रत्याभूत गरेका आम नेपालीको अभिव्यक्ति स्वतन्त्रता र आम पत्रकारको प्रेस स्वतन्त्रताको अधिकार समेत खतरामा परेको छ । यसका बिरुद्ध नेपाल प्रेस युनियन अग्रमोर्चामा उभिएर प्रतिवाद गर्न र जस्तोसुकै आन्दोलन गर्न कटिवद्ध छ ।
कोरोना भाइरस संक्रमणको विषम परिस्थितिमा नागरिक दायित्व प्रति सचेत रहदै उनीहरुको जीवन रक्षा गर्नुको सट्टा यसको गलत राजनीतिक फाइदा लिने नियतका साथ घोषणा गरिएको संसदीय निर्वाचन सम्भव छैन भन्ने आम नागरिकले बुझेको छ । लोकतान्त्रिक पद्धति र संस्थाहरु समाप्तै गर्दै चालिएका षडयन्त्रको पर्दाफास गर्दै विचार तथा अभिव्यक्ति स्वतन्त्रतासहित नागरिक अधिकारको रक्षाका लागि एकजुट भई प्रतिकार आन्दोलनमा आ–आफ्ना क्षेत्रबाट उत्रिन हामी सम्पूर्ण पेशागत संघ संस्था, नागरिक समाज र राजनीतिक दललाई आह्वान गर्दछौं ।
२. कोबिडबाट विश्वनै तहस नहस भएको अवस्थामा त्यसबाट नेपाल र नेपाली प्रेस पनि अछुतो नरहेको अवस्थालाई दृष्टीगत गर्दै कोबीडबाट मृत्यु भएका पत्रकारहरु तथा आम नागरीकप्रति बैठकले श्रद्धान्जली अर्पण गरेको छ । साथै मृतक परिवार प्रति समवेदना प्रकट गर्दछ ।
३.कोबिडबाट बिरामी पर्नुभएका प्रेस युनियनका महासचिव अजयवावु शिवाकोटी लगायत सबै कोबिडबाट बिरामी पर्नु भएका नेपाल प्रेस युनियनका सदस्य, पत्रकार तथा आम नागरीहरुको शिघ स्वास्थ्य लाभको कामना गर्दै दैनिक रिपोटीङमा हिंड्ने पत्रकारहरुलाई विशेष व्यवस्था गर्न बैठक सरकारसँग जोडदार माग गर्दछ । साथै सुरक्षा सावधानि अपनाएर मात्र रिपोटीङ गर्ने व्यवस्था मिलाउन संचार उद्यमलाई आग्रह गर्दै स्वयम् पत्रकारहरुलाई पनि सचेत रहन आग्रह गर्दछ ।
४. कोबिडबाट प्रभावित पत्रकारहरुलाई सहयोग पु¥याउने उदेश्यले नेपाल प्रेस युनियनले एउटा राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । राहत कोषको घोषणा जेष्ठ १३ गते हुने स्थापना दिवसमा हुनेछ ।
५. बैठकले २०७७ साल माघमा बर्दियामा बसेको केन्द्रीय समितिको बैठकले २०७८ साल जेष्ट १३ र १४ का लागि तय भएको महाधिवेशन कोबिडका कारण हाललाई स्थगित गर्ने निर्णय गरेको छ । साथै महाधिवेशनको नयाँ मिति कोबिड न्युनिकरण भए लगत्तै निर्धारण गरिनेछ ।
६. बैठकले भर्खरै सम्पन्न नेपाल पत्रकार महासंघ र सामुदायिक रेडियो प्रसारक संघको महाधिवेशनमा प्रेस युनियनको सचिवालयले गरेका निर्णयहरुलाई अनुमोदन गरेको छ । महासंघ र अकोरावमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई यो बैठक हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।
बद्री सिग्देल
अध्यक्ष
नेपाल प्रेस युनियन
हेर्नुहोस् नेपाल प्रेस युनियनले जारी गरेको प्रेस बिज्ञप्ति


