साना चिया नास्ता पसल व्यवसायी मर्कामा, घरभाडा र बैंक किस्ता तिर्न नसक्ने अवस्थामा
बर्दिया । विश्वव्यापी महामारीको रुप लिएको कोभिड-१९ को दोस्रो लहरका कारण देशको अर्थतन्त्र नै नाजुक भएको अवस्थामा साना ब्यवसायिहरु झन धेरै मर्कामा परेका छ्न । उनिहरु न त घर भाडा तिर्न सक्ने अवस्थामा छन न त बैंक किस्ता तिर्न सक्ने ।
"कोभिड-१९ को दोस्रो लहरका कारण लकडाउन हुँदा धेरै समस्या आइपरेको छ । लकडाउन हुनुभन्दा पहिले साझबिहानको कमाईले खान पुग्थ्यो । लकडाउन भएपछि साझबिहान कसरी छाक टार्ने भन्ने कुराले गर्दा चिन्ता लागेर आउछ । एउटा सानो चिया नास्ता पसल छ त्यो पनि अहिले पुर्णरुपमा बन्द छ । त्यहि चिया नास्ता पसलले जसोतसो गरि चार जनाको परिवार पाल्दै आएको थिए ।" जिल्लाको मधुबन नगरपालिका वडा नंबर -१ सुर्यपटुवामा चिया नास्ता पसल चलाऊने श्याम चौधरी भन्नुहुन्छ, "बुढो बुवा बिरामी हुनुहुन्छ, हामि दुबै बुढाबुढि अपांग छौ । सम्पत्तिको नाममा एउटा चिया नास्ता पसल थियो त्यो पनि कोरोनाका कारण लकडाउनले बन्द छ ।"
कोरोना महामारीका कारण साना व्यवसाय गर्ने व्यवसायिहरु मारमा परेका छन । यहाँँका समस्यामा परेका धेरै व्यवसायीहरु मध्य अर्का चिया नास्ता पसल संचालक लक्ष्मण थारुको दुखेसो पनि उस्तै छ । उहाँ भन्नुहुन्छ, "पहिले राम्रै ब्यापार हुन्थ्यो तर कोभिड -१९ को दोस्रो लहरले नास्ता पसल पुर्णरुमा बन्द छ । घरबेटीले घरभाडा माग्न थालिसके केहि कमाई भएको छैन । पसल बन्द छ ग्राहक आउदैनन बिक्री हुदैन; अब कहाँबाट पैसा ल्याएर कसरी घरभाडा दिने हो भनि चिन्ताले सताउँछ ।
यस्तै समस्याबाट पीडित अर्का चिया नास्ता पसल संचालक रामभक्त बि.सि. भन्नुहुन्छ, "लकडाउन भन्दा पहिले पसल राम्रैगरी चलिरहेको थियो तर अहिले व्यापार ठप्प छ ।" सिमित समय तोकि सुरक्षाका मापदण्ड अप्नाइ साझ बिहान पसल खोल्न पाए केहि सहज हुने उहाँको भनाइ छ ।
देशै भरिका व्यवसायी तथा आम नागरिकहरु आर्थिक रुपले समस्यामा पारीरहेको परिप्रेक्षमा साना व्यवसायिहरु झनै समस्यामा परेका छन । अबको केही समयमा बिहान साँझ खानलाउन समेत नपुग्ने अवस्थामा आफुहरु पुगिसकेकोले सरकारले आफ्नो समस्या सुनिदेवस भन्ने उनिहरुको चाहना छ ।