बर्दिया । खाता सामुदायिक वन समन्वय समिती मधुवन ३ को निर्वाचनमा पत्रकार हरि गुरुङको प्यानल बिजयी भएको छ । जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्ने उक्त समितीको निर्वाचन आज भएको थियो ।
आज भएको उक्त निर्वाचनमा कुल मतदाता संख्या ८४ रहेकोमा ८४ मतनै सदर भएको थियो ।
समितिको अध्यक्ष पदमा निर्वाचित पत्रकार गुरुङले ५० मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्दी राजेन्द्र प्रसाद चौधरीले ३४ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै हरि गुरुङको प्यानलबाट उपाध्यक्षमा भदै थारु, सचिवमा कुलबहादुर बुढामगर, कोषाध्यक्षमा हरि कला भाट क्षेत्री, सह-सचिवमा मंगल थारु, सदस्यमा क्रमश राम प्यारी थारु, दुखराम चौधरी, जितलाल पाण्डे, इन्द्र बहादुर सापकोटा, टेकुराम थारु, भुपाल प्रसाद न्यौपाने, सिला नेपाली, सन्तराम थारु, मञ्जु नेपाली, खुसमानी थरुनी निर्वाचित हुनुभएको छ ।
पत्रकार गुरुङ नेपाल कागज डट कमका बर्दिया जिल्ला संवाददाता हुनुहुन्छ ।