बर्दिया जिल्ला अस्पताल: रुखो स्वरका धनी महिला स्वास्थ्यकर्मी, अपहेलित भएर फर्किन्छन अभिभावक...
बर्दिया । साबधान हुनुहोस् । के तँपाइ बर्दिया जिल्ला अस्पतालमा आफ्ना साना बालबालिकालाई खोप लगाउन जाँदै हुनुहुन्छ ? यदी जाँदै हुनुहुन्छ भने सजक र साबधान भएर जानुहोस् । किनकी यदि तँपाइ अभिभावक हुनुहुन्छ भने, कुनैपनी बेला तँपाइको आत्मसम्मान धुलिसात हुनसक्छ । हो बर्दिया जिल्ला अस्पातलमा भर्खरै जन्मिएका नवजात शिशु देखी माथिल्लो उमेर समुहका बालबालिकालाई खोप लगाउन जाँदा त्यहाँ कार्यरत महिला स्वास्थ्यकर्मीको खप्की अभिभावकले समेत खाएर आउनुपर्ने अवस्था छ ।
बर्दिया जिल्ला अस्पातलको खोप सेवा दिने एम सी एच भवनमा सेवा दिइरहनुभएका स्वास्थ्यकर्मीको रुखो र मान-मर्दन गर्ने खालको व्यवहारबाट बर्दियावासीहरु आजित भएका छन ।
बालबालिकालाई खोप लगाउन बर्दिया जिल्ला अस्पतालमा आउनु भएकि गुलरिया नगरपालिका वडा नं ६ कि एक महिलालाई त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले सबैका अगाडि सार्वजनिक रुपमै अत्यन्तै अमर्यादित नमिठो शैलिमा झपार्नुभयो । कारण थियो, "खोप लगाउन जाँदा बच्चाको कपडा खोल्न ढिला हुनु ।"
त्यस्तै दाङको तुल्सिपुर घर भइ हाल गुलरिया नगरपालिका वडा नं ३ मा कोठा भाडामा लिएर बस्ने महिलाले पनि स्वास्थ्यकर्मीबाट खप्की खानुभयो । कारण थियो, "उहाँ आफ्नो बच्चाको तौल नाप्न आउनुभएको थियो ।" अस्पतालका स्वास्थ्यकर्मीले आ-आफ्नो वडामा गएर तौल नाप्न सुझाब दिँनुभयो । स्वास्थ्यकर्मीले सुझाव त दिनुभयो तर सुझाव दिने भाषा निकृष्ट शैलीको रहेको थियो । ति महिला आफु खिस्सिएको जस्तो असजिलो महसुस गर्दै आफ्नो काखे बालक च्याप्दै वडा तिर लाग्नुभयो ।
बेलैमा पछि हुनसक्ने रोग विरुद्ध खोप लगाइ शरीरमा प्रतिरक्षात्मक शक्ति निर्माण गराएर रोकथाम गर्न, सबै बालबालिकाले पूर्ण जीवन जिउनको लागि नेपाल सरकारले निःशुल्क खोप पाउने व्यवस्था गरेको हुनाले आमाबाबुले आफ्नो शिशु बालबालिकालाई खोप लगाउन जिल्ला अस्पातल बर्दिया ल्याउने गरेका छन । यहाँँ निःशुल्क खोप लगाउन आएका आमाबाबु तथा अभिभावकले पाएको सामान्य लाग्ने तर बिकराल रोगको रुपमा बिकसित तुच्छ मानसिकताको बारेमा हाम्रा पाठक हरुलाई जानकारी गरायौँ ।
समग्रमा भन्नुपर्दा यि त सामान्य दिनानुदिन घट्ने घटना हुन । अपमान बोध त्यतिखेर हुन्छ जब तँपाई आफ्ना बालबालिकाको अगाडि अपहेलित हुनुहुन्छ । नम्र भाषाशैलीको प्रयोग गर्दै हुनुपर्ने सामान्य संवाद पनि च्याँठ्ठिएर सामन्ती मानसिकतामा हुँदा यस्तो समस्या आएको हो ।
जनताले तिरेको करबाट तलब सुबिधा खाएर जनतालाई सेवा दिँदा धेरै नसकेपनी शिष्ट भएर प्रस्तुत भइदिँदा धेरै समस्याको समाधान हुन्छ । बर्दिया जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले 'सरकारी जागिर हो कस्ले के गर्न सक्छ' भन्ने मानसिकतालाई परिवर्तन गर्नुपर्ने आजको आवश्यकता छ । अस्पतालमा शिक्षित नागरिक मात्र सेवा लिन आउँछन भन्ने छैन, शिक्षाबाट बञ्चित धेरै आमा-बुवाहरु आफ्ना नवजात शिशु लिएर आउने भएकाले स्वास्थ्यकर्मीहरुले अलिकती मर्यादित भाषाशैली प्रयोग गर्नुपर्ने देखिन्छ ।