बर्दियामा जेठ २० गते सम्म लम्बियो निषेधाज्ञा, यस्तो छ जिल्ला प्रशासन कार्यालय बर्दियाले जारी गरेको सुचना
बर्दिया । कोभिड १९ को संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि स्थानीय प्रशासनले जेठ २० सम्म निषेधाज्ञा थप गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले एक सुचना जारी गर्दै २०७८/२/१ गतेदेखि २०७८/२/१० गतेसम्मका लागी जारि निषेधाज्ञा अवधी मिति २०७८ जेठ २० गतेसम्म थप गरिएको जानकारी दिएको छ ।
प्रशासनले आदेशको बिपरित कार्य गर्ने जो कोहिलाई कोभिड- १९ अध्यादेश २०७८ अनुसार कारबाही गरिने जनाएको छ ।
यस्तो छ जिल्ला प्रशासन कार्यालय बर्दियाले जारी गरेको सुचना
(क) स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गरि संचालन हुने/गर्न पाउने सेवाहरु:- शान्ति सुरक्षा , बिद्धुत , खानेपानी , सुचना तथा संचार , बैकले राजस्व बुझ्ने र ATM सम्बन्धि ग्यांस पेट्रोलियम पदार्थ , औषधि पसल, एग्रोभेट सेवा, कोभिड -१९ आइसोलेसन केन्द्र , बिकास निर्माण कार्यहरु , बिबाह , ब्रतबन्ध तथा अन्य धार्मिक सामाजिक कार्यहरु( प्रशासनको पुर्ब स्वीकृत लिइ बढिमा १० जना)
(ख) संचालन हुने/ गर्न पाइने सवारी साधनहरु:- एम्बुलेन्स , दमकल, शब वहान , झण्दावाल सरकारि र निलो( कुटनैतिक ) प्लेट सवारि साधन , अत्यावश्यक दैनिक उपभोग्य , पशु, कृषिजन्य बस्तुहरु, ढुवानी गर्ने साधनहरु सार्वजनिक निर्माणका सामाग्रीहरु बोक्नेसाधनहरु, परिचय पत्र पोसाक सहित अति आवश्यक सेवा(सुरक्षा , स्वास्थ्य ,खानेपानी , बिद्धुत , संचार, फोहरमैला तथा कोभिड -१९ आइसोलेसन केन्द्र ब्यवस्थापनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारि साधनहरु) गृह मन्त्रालय संचार तथा सूचना प्रबिधि मन्त्रालयबाट पास/परिचय पत्र प्राप्त संचारकर्मिले प्रयोग गरेको सवारी साधनहरु अति आवश्यक कामका लागि यस कार्यालयबाट अनुमति भएका सवारि साधनहरु , दैनिक उपभोग्य बस्तु तथा सेवाहरु (खाधान्न,दुधजन्य , तरकारी ,ग्यासहरु बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र संचालन गर्न पाइने।
(ग) संचालन गर्न नपाइने सेवा/ कार्यहरू :- गोष्ठी सभा, सम्मेलन , समारोह , बिधालय कलेज, तालिम , ब्युटिपार्लर , शैलुन, जिमखाना, होटेल रेष्टुरेन्ट , पार्टि प्यालेस, चिया पसल, बित्तीय संस्था , गैरसरकारी संस्था , मनोरञ्जनात्मक गतिविधि , मन्दिर चर्च वा धार्मिक अनुष्ठानमा पुजा भेला अन्य सबै प्रकारका पसलहरु( फेन्सि मदिरा चुरोट सुर्ति आदि)
(घ) संचालन गर्न नपाइने सवारी साधनहरु:- सबै प्रकारका निजि र सार्वजनिक यातायातहरु (बस जिप अटोरिक्सा मोटरसाइकल स्कुटर भारत तथा अन्य जिल्लाबाट आयात गरिने तरकारी फलफुल मदिरा जन्य सामाग्री चुरोट सुर्ति आदि दुवानि गर्ने साधनहरु।