स्वास्थ्य संकटकाल लगाउने विषयमा सरकार सकारात्मक: स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउने विषयमा सरकार सकारात्मक रहेको बताउनु भएकोछ। ।
स्वास्थ्य मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउने बारे विज्ञहरुले दिएको सुझावलाई सरकारले सकारात्मक रुपमा लिएको बताउनुभयो ।
मन्त्री त्रिपाठीले कोरोना नियन्त्रण, रोकथाम र व्यवस्थापनका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको पनि जानकारी दिनुभयो ।
मन्त्री त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि अमेरिका, बेलायत, रुस, भारत र चीनसँग उच्चस्तरीय पहल भैरहेको बताउनु भयो ।
मन्त्री त्रिपाठीले कोरोना रोकथाम, नियन्त्रण र उपचार सहज बनाउन अध्यादेश ल्याइएको पनि जानकारी दिनुभयो । त्रिपाठीले आगामी चारसातापछि संक्रमणको गति घट्न सक्ने बताउनुभयो ।
सरकारले कोभिड–१९ को उपचारका लागि १५७ वटा अस्पताल छुट्याएको र ४५ निजी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको मन्त्री त्रिपाठीले जानकारी दिनुभयो ।