वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जना नेकपा एमालेबाट निष्कासित
काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीबाट निष्कासन गरेको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले खनाल नेपाल सहितका स्पष्टीकरण सोधिएका ११ नेतालाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई पार्टी सदस्य नै नरहने गरी कारवाही गरेको बताउनुभएको छ ।
शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै खनाल–नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
स्पष्टीकरण सोधिएका मध्य कुनै नेतालेपनी जवाफ नबुझाएपछि एमालेले उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।