बर्दिया । नेपाली कांग्रेस बर्दियाका युवा नेता बिनय रावलले क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग उपल्ब्ध गराउनुभएको छ । कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहनुभएका रावलले बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं-६ बनखेत गाउँ निवासी १० वर्षिय ब्लड क्यान्सरबाट पीडित बालक भविन पौडेललाई रु २५ हजार रुँपैया आर्थिक सहयोग गर्नुभएको हो ।
बालक पौडेल लामो समयदेखि ब्लड क्यान्सर रोगबाट पिडित हुनुहुन्छ । नेपाली कांग्रेस बर्दियाका नेता बेद प्रकाश भण्डारीले नेता रावलको तर्फबाट एक कार्यक्रमका बिच उक्त रकम बालकका अभिभावकलाई हस्तान्तरण गर्नुभएको हो ।
बालकलाई सहयोग गर्न गरिएको उक्त कार्यक्रममा नेपाली कांग्रेस ठाकुरबाबा नगरपालिका वडा नंवर ६ का वडा सभापति ओम प्रकाश ढकाल, प्रदेश कमिटी सदस्य कमल चापागाईं, जिल्ला कमिटी सदस्य तिर्थ बहादुर खड्का, क्षेत्रीय प्रतिनिधि रमेश रावल, छबिलाल सापकोटा, सिक्षक संघ बर्दियाका अध्यक्ष कुमार सापकोटा लगायतका नेता कार्यकर्ता तथा सुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै समाजसेवी तथा युवा नेता रावलले बर्दियामा समस्यामा परेका जनताहरुलाई बिगत देखिनै सहयोग गर्दै आउनुभएको छ । पछिल्लो समय उहाँले नेपाली कांग्रेसका कृयाशिल सदस्य सुरजलाल थारुलाई रु २० हजार सहयोग गर्नुभएको छ । नेपाली कांग्रेसकोलागी जीवन समर्पन गरेका थारुलाई ब्रेन ह्याम्रेज भएपछि प्यारालाईसिस भएको छ ।
रावलले आगामी दिनमा दुखी-बिरामी र जनताको सहयोगमा निरन्तर लागिरहने बताउनुभयो । उहाँले भन्नुभयो, "जनताको सेवा नै मैले रोजेको बाटो हो, गन्तव्य समृद्ध बर्दिया हो ।"