बर्दिया । "बर्दिया जिल्ला अस्पताल: रुखो स्वरका धनी महिला स्वास्थ्यकर्मी, अपहेलित भएर फर्किन्छन अभिभावक..." शीर्षकमा बुधबार, पुस १४, २०७८ मा नेपाल कागज डट कम अनलाइन पत्रीकामा प्रकाशन/सम्प्रेषण भएको समाचारमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बर्दिया अस्पताल विकास समितिले जनाएको छ ।
नेपाल कागज डेस्कमा ईमेल र फोन सम्पर्क गर्दै बर्दिया अस्पताल बिकास समितिका अध्यक्ष अंगद श्रेष्ठले प्रकाशित समाचार प्रती गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले समाचारमा प्रकाशित समाग्रीले अस्पतालका कमिकमजोरीलाई सच्याउन सघाउ पुगेता पनि अस्पताल बिकास समितीसंग छलफल नगरेकोमा दुख लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, "अस्पतालका सकारात्म पक्ष पनि छन, सम्पादकीय मण्डलसंग अनुरोध गर्छु कि यहाँका सकारात्मक पक्षको बारेमापनी लेख्नु पर्यो ।
समितिका अध्यक्ष श्रेष्ठले अगाडि भन्नुभयो, "जिल्लाका सम्पुर्ण पत्रकार, पत्रकार महासंघ, पत्रकारितासंग संबंधित सबै संघ संगठनल सदैव अस्पतालको विकासमा सकारात्मक सहयोग गरेकोमा धन्यबाद दिन्छु । तर प्रतिष्ठित पत्रीका नेपाल कागजमा आएको समाचारमा अस्पताल बिकास समितिसंग कुनै प्रतिक्रिया नलिएकोमा म दुखी छ ।"
समितिका अध्यक्ष श्रेष्ठले भन्नुभयो, "समाचार प्रकाशित गरेर कमिकमजोरी औंल्याइदिएकोमा धन्यबाद छ तर बर्दिया अस्पतालमा धेरै सुधार भएको छ, बिकास भएको छ । ती बारेमापनी समाचार आउनुपर्यो । जिल्लाका सबै पत्रकारको सहयोग हामीलाई छ । यहाँका कमिकमजोरी औंल्याइदिन अनुरोध गर्छु, साथै अस्पतालका राम्रा पक्षकाबारेमा समाचार प्रकाशित गरेर जनमानसमा सकारात्मक सन्देश पुर्याइदिन अनुरोध गर्दछु ।"
उहाँले समाचारमा आएको विषयमा अस्पताल विकास समितिले त्यहाँ कार्यरत कर्मचारी स्वास्थ्यकर्मीसंग छलफल गरेको र आगामी दिनमा सेवाग्राही बिरामी तथा आफन्तसंग राम्रो सिष्ट भाषाको प्रयोग गर्न निर्देशनात्मक अनुरोध गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, " जनशक्तिको अभाव छ, स्वास्थ्यकर्मीहरु दिन रात नभनी काम गरेका छन । कहिलेकाही त्यस्ता घटना हुन सक्छन । स्वास्थ्यकर्मीले कोभिडको बिकराल समयमा दिएको सेवालाई भुल्न हुन्न । यधपी बिरामीलाई सुलभ सेवा र मर्यादित र सम्मानित व्यबहार हुनु पर्छ भन्नेमा हाम्रो एक्यवद्धता छ ।"
हेर्नुहोस १४, २०७८ मा नेपाल कागज डट कममा प्रकाशन/सम्प्रेषण भएको समाचार
बर्दिया जिल्ला अस्पताल: रुखो स्वरका धनी महिला स्वास्थ्यकर्मी, अपहेलित भएर फर्किन्छन अभिभावक...