बर्दिया । नेपाली कांग्रेस बर्दियाका युवा नेता बिनय रावलले जंगली बँदेल भगाउन राखिएको विद्युतिय धरापमा परि मृत्यु भएका मृतकहरुका पीडित परिवारलाई आर्थिक र भौतिक सहयोग उपल्ब्ध गराउनुभएको छ ।
कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहनुभएका रावलले बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं-३ गाेदानामा विद्युतिय धरापमा परि मृत्यु भएका बालकृष्ण थारु, उहाँकी श्रीमती सुनिता थारु र उहाँकी भाउजु बेलमती थारुको परिवारलाई २५ हजार रुँपैया बराबरको आर्थिक तथा भौतिक(जिन्सी) सहयोग उपलब्ध गराउनुभएको हो ।
शनिबार, असोज २, २०७८ गते जंगली बँदेल भगाउन राखिएको विद्युतिय धरापमा परि एकै परिवारका ३ जना ३५ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती ३० वर्षकी सुनिता थारु र उहाँकी भाउजु ४५ वर्षकी बेलमती थारुको मृत्यु भएको थियो । अहिले सो परिवारका सदस्यहरुलाई समस्या परेको जानकारी प्राप्त भएपछि समाजसेवी समेत रहनुभएका युवा नेता रावलले राहत पठाउनुभएको बताइएको छ ।
यो पनि....
बर्दियामा बँदेल भगाउन राखिएको विद्युतिय धरापमा परि एकै परिवारका ३ जनाको मृत्यु
एक कार्यक्रमका बिच पीडित परिवारलाई खाद्यान्न, कपडा, शैक्षिक सामाग्री, नगद रुपैया लगायतका सामाग्रीहरु उपलब्ध गराइएको छ ।
यो पनि....
क्यान्सर पीडित बालकलाई सहयोग गर्दै युवा नेता रावलले भने, 'जनताको सेवा नै मैले रोजेको बाटो हो, गन्तव्य समृद्ध बर्दिया हो'
मृतकका पीडित परिवारलाई सहयोग गर्न गरिएको उक्त कार्यक्रममा नेपाली कांग्रेस वडा नं.३ का क्षेत्रिय प्रतिनिधि जनार्दन शर्मा, पम्फा ऐडि, बिमला याेगि, बिष्णु थापा, वडा सभापती अर्जुन शर्मा, वडा सह-सचिव तर्क भण्डारि, प्रदेश प्रतिनिधि कमल चापागाई, युवा नेता बेद प्रसाद भण्डारि, वडा नं.२ का क्षेत्रिय प्रतिनिधि रमेश रावल, तरूणदल अध्यक्ष प्रवल खनाल, युवा नेता असिम बिक्रम शाह लगायतका नेता कार्यकर्ता तथा सुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।