बर्दिया । नेपाली कांग्रेसका नेता सञ्जय गौतमले पार्टी लहडमा नभएर बिधी र बिधानबाट चल्नुपर्ने बताउनुभएको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नंवर ६ मा पार्टीका कार्यकर्ताहरुसंग भेटघाट गर्दै प्रतिनिधि सभा सांसद तथा कांग्रेस केन्द्रिय सदस्य गौतमले बिधी, बिधान र नियम संगत तरिकाले जिल्ला देखी केन्द्र सम्म पार्टी चल्नुपर्ने बताउनुभयो ।
कांग्रेसको महाधिवेशनमा प्रतिस्पर्धा हुँदा हार जितको खेलमा धेरैको मन च्यातिएको, मन-मुटाव रहेको सुनिन्छ भन्ने नेपाल कागजकर्मीको प्रश्नमा पुर्वमन्त्री गौतमले कांग्रेस महाधिवेशनमा भएको प्रतिस्पर्धा आन्तरिक भएकोले नेपाली कांग्रेस एक ढिक्का भएर अगाडि बढ्ने सन्देश आफुहरुले दिने प्रयास गरेको बताउनुभयो । उहाँले जिल्ला देखी केन्द्र सम्म पार्टीका कार्यकर्ताहरुमा न्याय हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, "हामीले पार्टीमा न्यायको कुरा गर्नेहो, नेतृत्वले न्याय र बिबेकको प्रयोग गर्नुपर्छ, मुख्य प्रश्न नेतृत्वले बिबेकको प्रयोग गर्छ या गर्दैन भन्ने कुराले धेरै समस्याको समाधान गर्छ, पार्टिलाई सहयोग पुर्याउँछ । पार्टी बिधी र बिधान भन्दा बाहिर गएर चलाउन खोजे, लहडमा चल्न खोजे, कार्यकर्तामा न्याय र बिबेकको प्रयोग गरिएन, न्याय भएन भने हामी त्यसका बिरुद्धमा सशक्त रुपमा उभिनेछौँ, प्रतिबाद गर्नेछौँ ।"
उहाँले अगाडि भन्नुभयो, "हामी सहयोग पनि गर्छौँ, सस्थागत रुपमा राजनीति अगाडि बढ्नुपर्ने मान्यता राख्छौँ, बिधी-बिधानबाट बाहिर गएर ब्यक्तिका इन्ट्रेस्ट र रुचिमा पार्टिलाई अगाडि लग्न खोजियो भने त्यस्को हामी सशक्त रुपमा प्रतिबाद गर्छौँ ।"
वडा नंवर ६ मा गौतमले कार्यकर्ताहरुसंग सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गर्दै भेट-घाट गर्नुभएको थियो । नेता गौतमले कोरोनाको संक्रमणले फेरी गती लिन लागेकाले स्वास्थ्य मापदण्ड पालना गरेर स्वास्थ्यको ख्याल राख्न कार्यकर्ताहरुसंग आग्रह गर्नुभएको थियो ।
वडा नंवर ६ का कांग्रेस कार्यकर्ताहरुले नेता आँफै जनताको हालखबर बुझ्न घर दैलोमा आएको भन्दै खुशी प्रकट गरेका थिए । उनिहरुले आफ्ना जनताको घरमा नेता आँफै पिर-मर्का र समस्या बुझ्न आएको भन्दै नेता गौतमलाई धन्यवाद दिँदै आभार प्रकट गरेका थिए ।