प्रतिनिधि सभा विघटन भएको पाँच दिनपछि भारतले भन्यो, "नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला"
काठमाडौँ । नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेको पाँच दिनपछि भारतले औपचारिक रूपमा प्रतिक्रिया दिँदै नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई आन्तरिक मामिला भनेको छ ।
बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागची ले विभिन्न सञ्चारमाध्यमबाट सोधिएको प्रश्नको उत्तर दिँदै नेपालको पछिल्लो घटनाक्रमलाई भारतले आन्तरिक मामिलाका रुपमा हेरेको बताउनुभएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भन्नुभयो, "यो नेपालको आन्तरिक मामिला भएकाले उसको आफ्नो घरेलु फ्रेमवर्कभित्र र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ,’ उनले भनेका छन्,‘एउटा छिमेकी र मित्रका हिसाबले नेपाल र नेपालीको प्रगति, शान्ति, स्थायित्व र विकासमा भारतले गर्दै आएको सहयोगमा भारत प्रतिवद्ध छ।"
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले गरेको ट्विट
त्यस्तै नेपालले अहिलेको समस्या आफै समाधान गर्नपर्ने पनि भारतीय विदेश मन्त्रालयको भनाइ छ । ‘नेपालले पछिल्लो समस्या आफ्नै घरेलु ढाँचा र लोकतान्त्रिक प्रक्रियामा रहेर समाधान गर्नुपर्छ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ ।
त्यस्तै एक छिमेकी मुलुक भएका नाताले भारतले सधैं नेपालको प्रगति, शान्ति, स्थिरता र विकासको यात्रामा समर्थन गर्ने पनि विदेश मन्त्रालयले उल्लेख गरेको छ ।