लागूऔषध 'खैरो हेरोइन'को ट्रान्जिट बन्दै बर्दिया, बर्दियामा कहाँबाट आउँछ लागूऔषध ?
हेर्नुहोस् तस्विर(तस्विर स्थानिय स्रोतबाट प्राप्त)
लागूऔषध सेवन गर्न जाँदै गरेका युवाहरु
बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नं ६ मा रहेको खानेपानीको नयाँँ ट्यांकी तथा कार्यालयसंग जोडीएको सामुदायिक वन भित्र धेरै युवाहरु दिनहुँ जसो लागूऔषध प्रयोग गरिरहेको भेटिन्छन् ।
उक्त क्षेत्रलाई लागूऔषध खानेहरुले बैकल्पिक स्थल बनाएको स्थानियहरुको गुनासो छ ।
वडा नंवर ६ को दीपेन्द्र नगर र भानुभक्त टोलका महिलाहरुले आफुहरुलाई सो बाटो प्रयोग गर्न डर लाग्ने गरेको बताए । नाम नखोल्ने शर्तमा आदर्शनगर टोलमा बस्ने एक महिलाले भन्नुभयो, "धेरै केटाहरु यहीं नशामा झुलिएको देखेको छु, यही वनभित्र गएर नशा खान्छन । हाम्रा नानीबाबुहरुलाई लिएर यो बाटोबाट हिँड्न डर लाग्छ ।"
गुलरिया नगरपालिकाको डम्पिङ साइट र छेउँकै जंगल र अडहर बारीमा दिनहुँजसो लागूऔषध प्रयोगकर्ताहरु भेटिन्छन् । उक्त ठाउँलाई लागूऔषध 'खैरो हेरोइन' सेवनकर्ताहरुले आफ्नो "अड्डा" (लागूऔषध लुकिछिपी खाने ठाउँँ)को रुपमा प्रयोग गरेको दिउँसै देख्न सकिन्छ ।
यो पनि
लागू औषध मुद्दामा फरार रहेका एक जना बर्दिया प्रहरीद्वारा पक्राउ
हेर्नुहोस् तस्विर(तस्विर स्थानिय स्रोतबाट प्राप्त)
यही सामुदायिक वन र वरपरका अडहर बारीलाई लागूऔषध प्रयोगकर्ताहरुले सेवन गर्ने थलो बनाएका छन ।
त्यस्तै गुलरिया नगरपालिका वडा नं. ४ तुलापुरमा पनि लागूऔषधको कारोबार तथा प्रयोग बढेको स्थानियहरुको भनाइ छ । उक्त क्षेत्रमा लागूऔषध सेवनकर्ताहरु बढेको त्यहाँका एक युवाले बताए । उनले भने, "यहाँका धेरै युवाहरु सेवन पनि गर्छन्, विक्री पनि गर्छन, हामीले नोटिस गरेका छौँ । तर नशा खानेहरुलाई हामीले रोक्न सक्दैनौँ ।"
त्यस्तै मधुवन नगरपालिका वडा नंवर ३ को खाता, ओरालीबजार, बिबतपुर, मधुवन नगरपालिका वडा नं ७, ८ र ९ मा पनि भित्री रुपमा लागूऔषध कारोबार हुने गरेको छ । ताराताल क्षेत्रमा लागूऔषध 'खैरो हेरोइन' प्रयोगकर्ताहरु बढेको त्यहाँका स्थानिय एक नेताले बताए ।
बर्दियामा कहाँबाट आउँछ लागूऔषध ?
यो पनि
बर्दियामा १९ ग्राम लागु औषध ब्राउन सुगर सहित भारतीय नागरिक पक्राउ
हेर्नुहोस् तस्विर(तस्विर स्थानिय स्रोतबाट प्राप्त)
वडा नं ६ मा रहेको खानेपानीको नयाँँ ट्यांकी तथा कार्यालयसंग जोडीएको सामुदायिक वन भित्र लागूऔषध सेवन गर्न जाँदै गरेका युवाहरु
बर्दियाको सिमा भारतसंग जोडीएकाले बर्दिया प्रहरीको आँखा छलेर सजिलै लागूऔषध 'खैरो हेरोइन' भारतीय नाँका हुँदै नेपाल भित्रिने गरेको स्रोतको दाबी छ ।
गुलरिया नगरपालिका वडा नंवर ११ गणेशपुर हुँदै लागूऔषध 'खैरो हेरोइन' भित्रिने गरेको स्रोतले बतायो । गणेशपुरसंग जोडीएको भारतको लौकाही बजारबाट दक्षिण तिर करिब १ किलोमिटरको दुरिमा रहेको छेग्रवा भन्ने ठाउँँबाट लागूऔषध किनेर गुलरिया ल्याइने गरेको स्रोतको दाबी छ ।
उक्त लागूऔषध 'खैरो हेरोइन' भारतमा १ ग्रामको रु ४ हजार पर्ने तर बर्दियामा ल्याएर ८ हजार देखी १० हजारमा बिक्रिबितरण हुने गरेको छ । यहिँबाट देशका बिभिन्न ठाउँँमा गाडीमा हालेर पठाइने गरेको स्रोतले बतायो ।
के गर्दै छ बर्दिया प्रहरी ?
यो पनि
बर्दियामा ३ ग्राम ८०० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ
बर्दिया प्रहरीले समय-समयमा लागूऔषध कारोबारीहरुलाई पक्राउ गरेर लागूऔषध नियन्त्रण गर्ने प्रयास गर्दै आएको छ । बर्दिया प्रहरीले सिमा नाकामा निगरानीपनी बढाएको छ तर पनि प्रहरीको आँखा छलेर चोर बाटोबाट लागूऔषध बर्दियामा निर्धक्क आइनै रहेको छ ।
यो पनि
बर्दियामा करीब २९ ग्राम लागूऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ
विशेष गरि गणेशपुर प्रहरी चौकीका ईन्चार्जको कार्यशैली सन्तोषजनक नरहेको प्रहरी स्रोतले बतायो । भन्सार छल्ने तस्करसंग लाइन मिलाउनमा मात्र चौकीका इन्चार्ज लागेकाले बाँकी कुरामा ध्यान नदिएको उहाँले बताउनुभयो । बर्दियाका अन्य प्रहरी युनिट तथा कार्यालयले लागूऔषध नियन्त्रणमा अहम भुमिका खेलेतापनी गणेशपुर नाका लागूऔषध र तस्करको "फेबरेट" नाका भएको एक स्थानियले बताए ।
यो पनि
बर्दियामा २७ ग्राम ५०० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ
जिल्ला प्रहरी कार्यालय बर्दियाको प्रहरी नेत्रित्वले लागूऔषध ओसारपसर र बिक्रिबितरणलाई रोक्न सादा पोशाकका प्रहरीलाई खटाएपनी, ति प्रहरी "घुमुवा"हरु समेत भन्सार तस्करसंग सेटिङ् मिलाएर आय-आर्जन र कमाउ धन्दामा लागेको विश्वस्त स्रोतको दाबी छ ।
निलो आयल पेट्रो पम्प र गुलरिया नगरपालिका वडा नं ६ स्थित नयाँँ खानेपानीको कार्यालय बिचमा रहेको भुभागमा सटेका अडहर बारी तथा सामुदायिक वन लागूऔषध दुर्व्यसनीले खैरो हेरोइन सेवन गर्ने ठाउँँ बनाएका छन । स्थानियहरु त्रसित अवस्थामा रहेका हुन्छन ।
यो पनि
बर्दियामा लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ
बर्दियाको प्रहरी नेत्रित्वले लागूऔषध नियन्त्रणमा शुन्य सहनशिलता अपनाएको पछिल्लो समय प्रहरीले देखाएको सकृयाताले उजागर पार्छ नै तर केही मुख्य नाकाहरुमा रहेको प्रहरी इन्चार्जहरुको कार्यशैलीका कारण लागूऔषध बर्दियाको ढोका गुलरियामा भित्रिने क्रम निरन्तर रहेको छ । लागूऔषध नियन्त्रणमा स्थानियले प्रहरीलाई सुचना दिएर सहयोग गर्नुपर्ने देखिन्छ । लागूऔषध दुर्व्यशन सामाजिक समस्या समेत रहेकोले प्रहरीलाई समुदायले सहयोग गरे मात्र यसको न्युनिकरण हुनसक्छ ।
बर्दियामा लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ