शान्तिका दुत भगवान गौतम बुद्धको जन्म जयन्ती मनाउनु हामी नेपालीको लागि गर्वको बिषय
आज बिश्वभरका बौद्ध धर्मावलम्वीले २५६५ औ बुद्ध जयन्ती मनाउदै छन् । हरेक बर्ष बैशाख पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती यस बर्ष बिश्वब्यापी रुपमा फैलिएको कोरोना माहामारिका कारण बिगतमा झैँ औपचारिक ठुला कार्यक्रम नगरी मनाइदै छ । बौद्ध धर्मावलम्वी र हिन्दु धर्मावलम्वी समेतका श्रद्धाका प्रतिक नेपाली भुमी लुम्बिनीमा जन्म लिएका शान्तिका दुत भगवान गौतम बुद्धको जन्म जयन्ती मनाउनु हामी नेपालीको लागि समेत गर्वको बिषय हो |
आज भन्दा करिव २५६५ बर्ष अगाडि आजैका दिनमा शाक्यमुनी राजा शुद्दोधन र आमा माया देवीको कोखबाट राज परिवारमा जन्म लिएका र आजैका दिनमा बुद्धत्व प्राप्ति गरेका र आजैको दिनमा महापरी निर्वाण गरेको यो पवित्र दिन साच्चिकै सम्पूर्ण चरिचर जगत र प्राणी मात्रका हित र कल्याणका लागि सम्पूर्ण सुख्ख,सयल र राज सिहांसन परित्याग गर्ने उनी भगवान गौतम बुद्ध प्रति नमन एवम शुभकामना छ ।
बैशाख पुर्णिमाको यो पबित्र दिनमा बुद्ध जयन्ती मनाइ रहदा हामी सबै मानव समुदायले शब्दमा, भावमा शुभकामना दिएर औपचारिक रुपमा बिदाइ गर्नु भन्दा उनी माहान व्यक्तित्वले सिकाएको पंचशिलको पालना गरेमा सार्थक हुने छ ।
आज समाजका प्राय सबै बर्ग, क्षेत्र चाहे राजनीति होस् वा ब्यापारी होस वा पेशाकर्मी होस वा बुद्धिजीवी बर्गहरु समेत अराजक, ह्रिंसक बेभिचारी, लोभी पापी,स्वार्थी भैरहेको अबस्थामा बुद्धका पंचशिलका पांच सिद्धान्तको महत्व अझै बढेको छ | पंचाशिलका पाँच सिद्दान्त १)हिंसा नगर्नु २)चोरी नगर्नु ३)झुठ नबोल्नु ४)व्यभिचारी नबन्नु र ५)मध्यपान (जाड रक्सि ) नखानु यी पाँच सिद्दान्तको पालना गर्न सके मात्र सुन्दर संसार निर्माण हुने छ र बुद्ध जयन्तीको सार्थकता हुने छ ।
विश्वमा प्रथम र द्धितीय युद्धका नाममा लाखौ जनको अमुल्य जीवन गुमिसकेको तितो यथार्तता हुँदा समेत आज परेन्त ठुला शक्तिशाली राष्ट्र घातक हतियार निर्माणबाट पछि हटेको पाइदैन | जात, धर्म, क्षेत्र, वर्ग र अहमताका कारण हुन् गैरहेका हिँसा र युद्धबाट प्रत्येक दिन अमुल्य जीवन गुमिरहेको छ ।
अत्:साच्चिकै बुद्ध दर्शनलाई आत्म साथ गरि सम्पूर्ण विश्वलाई शान्तिमय बनाउने हो भने संयुक्त राष्ट्र संघको बडा पत्रमा उल्लेखित बुद्द दर्शनकै महत्व पूर्ण अंश रहेको पंचशीलको मान्यतालाई अक्षरंश पालना गर्नै पर्छ ।
साथै राष्ट्रिय राजनीतिमा समेत आज देखिएको सत्ता स्वार्थ ,ह्रिंसक राजनीति र स्वार्थी समाजको अन्त्यका लागि समेत सबै व्यक्तिमा बुद्धत्वको भाव रहनु पर्छ |यसले मात्र सुन्दर शान्त बिश्वको परिकल्पना साकार हुने छ | साथै यसले " सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामया,सर्वे भद्राणा पश्यन्तु मा कश्चित दु:ख भाग्भवे : को भावले अगाडि बढ्न समेत प्रेरणा मिल्ने छ ।