कांग्रेस महासमिति सदस्य तिमिल्सिनाले भने, 'कुनै बेला २५ रुपैँया नपुगेर पढ्नबाट बञ्चित भएँ'
हरि गुरुङ, सन्दिप नाथ योगी, बर्दिया । नेपाली कांग्रेसका युवा नेता तथा महासमिति सदस्य जन्मजय तिमिल्सिनाको समन्वय र सहकार्यमा बर्दिया जिल्लाका बिभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कपडा वितरण गरिएको छ । चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन र सफा सुनौलो नेपालको सहयोगमा तिमील्सिनाको समन्वय र सहकार्यमा बर्दिया जिल्लाका बिभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्र्याक शुट, टोपी, मोजा, पञ्जा र मख्लर लगायतका कपडा वितरण गरिएको सफा सुनौलो नेपाल नामक संस्थाका कानुनी सल्लाहाकार अधिवक्ता देवि राम उपाध्यायले बताउनुभयो ।
महासमिति सदस्य तिमिल्सिनाको समन्वयमा चन्द्रोदय प्राथमिक विद्यालय राजापुर नगरपालिका वडा नंवर १०, ज्ञानोदय प्राथमिक विद्यालय राजापुर-५, शिव ज्योति आधारभुत विद्यालय गेरुवा गाउँपालिका-५ र श्री कृष्ण प्राथमिक विद्यालय गेरुवा-२ गरी जम्मा ५०१ जना विद्यार्थीहरुलाई कपडा हस्तान्तरण गरिएको हो ।
कपडा वितरण कार्यक्रममा बोल्दै युवा नेता तिमिल्सिनाले आफुले निकै संघर्ष गरेर पढेकोले यस् क्षेत्रका छात्र-छात्राहरुको संघर्षपूर्ण विद्यार्थी जीवनलाई आँफैले अनुभुत गर्न सकेकाले सानो भएपनी सहयोग वितरण गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, "यही क्षेत्रमा नदीमा पौडी खेलेर पढ्न जाने गर्दथिएँ, कुनै बेला २५ रुपैँया नपुगेर पढ्नबाट बञ्चित पनि भएँ तर मेरो विद्यार्थी जीवन अझँप्रयन्त समाप्त भएको छैन, म अहिलेपनी अध्ययन गर्दै छु । तसर्थ मैले आँफैले संघर्षपूर्ण विद्यार्थी जीवन बिताएकाले यहाँँका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग ल्याएका हौँ । तँपाइहरु पढाई नछोड्नुहोला, तँपाइहरुको हौसला बुलन्द गर्न आगामी दिनमापनी हामी अन्य धेरै सहयोग उपलब्ध गराउने छौँ ।"
उहाँले अगाडि भन्नुभयो, "यो सहयोग वितरण कार्यक्रम कुनै एक राजनीतिक दलमा आवद्ध ब्यक्तिको हो भन्ने भ्रममा हामी पर्न हुन्न, किनकी मुलुकका नागरिकहरु कुनै न कुनै राजनैतिक दलमा आवद्ध पनि हुन्छन, आस्थावान पनि हुन्छन । यो हाम्रो नैसर्गिक अधिकार हो । तर म भन्न चाहन्छु कि हामी सबै राजनीतिक दलमा अबद्ध नागरिकहरु शैक्षिक क्षेत्रलाई अँझै उचाइमा लान एकै ठाउँमा उभिनुपर्छ तब मात्र हाम्रो देशको शिक्षा क्षेत्रले फड्को मार्न सक्छ । हामी सबैको राजनीति आफ्नो ठाउँमा होला तर समाजसेवामा सबै एक ठाउँमा आउनुपर्छ । जुनसुकै पार्टीले समाज रुपान्तरणमा काम गरेको छ भने हामी सबैले सहयोग, समर्थन र हौसला प्रदान गर्नुपर्छ ।"
तिमिल्सिनाले भन्नुभयो, "म नेपाली कांग्रेसमा आवद्ध छु, नेपाली कांग्रेस यस्तो पार्टी हो जसले मजदुर, मुक्त कमैया, विपन्न बर्ग तथा सबै राजनीतिक दलमा आवद्ध नागरिकहरुका छोराछोरीले समान रुपमा पढ्न-लेख्न पाउनु पर्छ भन्ने मान्यता राख्दै देशमा प्रगतिशिल शिक्षा निती तर्जुमा गरेर ल्याउने गतिशिल पार्टी हो । हिँजो बन्दुक पड्काउँदै हिँड्ने साथीहरुलाई मुलधारको राजनीतिमा ल्याउने पार्टी कांग्रेस हो । हिँजो बन्दुक लिएर हिँड्नु भएका साथीहरु आज यही कार्यक्रममा हामीसंगै छेउँमै बस्नुभएको छ । तसर्थ हाम्रो कामको मुल्यांकन तँपाइहरुले नगरेर कसले गर्छ ? तँपाइका छोराछोरीलाई प्राबिधिक शिक्षा पढाउन चाहनुहुन्छ भने हामीलाई संपर्क गर्नुहोला, हामी सहयोग गर्छौँ । हामी काम गरेर तँपाइका अगाडि देखाउँछौँ, तर मुल्यांकन तँपाइहरुले गरेर हौसला बढाइदिनुहोला ।"
तिमिल्सिनाले प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवा सबैलाई खोप, निशुल्क खोप दिनुपर्छ भन्ने मान्यताका साथ सहज रुपमा खोप प्रदान गर्ने दिशा तिर अगाडि बढ्नुभएको बताउनुभयो । उहाँले कोरोना रोकथामकालागी पालना गर्नुपर्ने स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्नुभयो । उहाँले बर्दिया जिल्लाको शैक्षिक स्तरको आरोहकोलागी आफुहरु जीवनोपरन्त लागिरहने बताउनुभयो ।